
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं, । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलबार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोवल कोरोना भाइरस संक्रमितको पहिचान गर्न पोखरा विमानस्थलमा राखिएको हेल्थ डेस्कमा परीक्षण गर्ने तरिका सिक्दै स्वास्थ्यकर्मी तस्बिर : दीपक परियार/कान्तिपुर
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निमोनिया गराउने नोवल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ । उक्त घोषणापछि सबभन्दा जोखिम रहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ ।
मन्त्रालयका अनुसार वुहानबाट ६२ सहित हुवेई प्रान्तका अन्य मुख्य सहरबाट समेत गरी १ सय ८० विद्यार्थीलाई ल्याउन लागिएको हो। ‘मंगलबार बेलुकासम्म क्वारेन्टाइन स्थल निर्धारण गरिसक्ने छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘चीनबाट आफ्ना नागरिक फिर्तापछि अन्य मुलुकले जस्तै हामीले पनि फर्काइएकालाई क्वारेन्टाइनमै राख्नुपर्छ ।’
आइसोलेसन (पृथकीकरण) र क्वारेन्टाइन भनेको संक्रामक रोगको विस्तार कम गर्न जनस्वास्थ्यअन्तर्गत अपनाइने प्रक्रिया हो । यसमा संक्रामक रोग भएकालाई स्वस्थ व्यक्तिको सम्पर्कभन्दा अलग राखेर सुरक्षा उपकरणले सुसज्जित विशेषज्ञबाट उपचार गरिन्छ । सर्ने रोगको सम्पर्कमा आएका स्वस्थ व्यक्तिलाई पनि यहाँ छुट्टै राखेर अन्य व्यक्तिसँग हिमचिम हुन दिइँदैन । उनीहरू बिरामी परे–नपरेको जान्न परीक्षण गरिनेछ ।भारतले चीनबाट फिर्ता गरेका तीन सय जनालाई सेनाको निगरानीमा १४ दिनसम्मका लागि क्याम्पमा राखेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार क्वारेन्टाइन स्थल बस्तीबाट कति टाढा हुनुपर्ने र त्यहाँ दुई सातासम्म अन्य व्यक्ति सम्पर्कमा नआउने गरी राख्न कस्ता सुविधा हुनुपर्ने लगायत विषयमा मन्त्रालयका पदाधिकारी छलफलमा छन् । विभिन्न पक्षसँगको छलफलअनुसार क्वारेन्टाइन स्थल नेपाली सेनाको शिवपुरी ब्यारेक र भक्तपुरको बोडेस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायतका ठाउँ हुन सक्ने स्रोतले जनाएको छ ।
मन्त्रालयका पाँच टोली सोमबार पनि सम्भावित स्थल खोजी गर्न परिचालित थिए । क्वारेन्टाइनमा राखिनेहरूका लागि ओढ्ने–ओछ्याउने र खेल्ने लगायत आवश्यक ३६ थरीका सामग्री खरिद गर्ने तयारी भएको प्रवक्ता श्रेष्ठले बताए। उनले भने, ‘सबै युवा छन् । उनीहरूलाई उचित खानपान र मनोरञ्जनको व्यवस्था हुनुपर्छ । खेलकुद र इन्टरनेटलगायत सुविधा पनि दिइनेछ ।’
क्वारेन्टाइनका क्रममा एउटा कोठामा दुई/तीन जनाभन्दा बढी राख्न नहुने धारणा मन्त्रालयका विशेषज्ञहरूको छ । एउटा कोठामा एक जनाभन्दा बढीलाई राख्नुपरे दुई शय्याबीचको दूरी न्यूनतम एक मिटर हुनुपर्नेतर्फ विचार पुर्याइनेसमेत स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । ‘चीनबाट आउने नेपाली स्वस्थ व्यक्ति हुन् । उनीहरूमा आउने दिनसम्म कुनै लक्षण नदेखिएको हुनुपर्छ,’ श्रेष्ठले भने, ‘यदि आउने दिनसम्म कसैलाई चीनमै संक्रमण देखियो भने उनले मुलुक फर्कन पाउँदैनन्, उतै उपचार हुनेछ ।’ क्वारेन्टाइनमा रहनेहरूको संक्रमण, ज्वरो आदिको नियमित परीक्षण गरिनेछ । उनीहरूमा दुई सातासम्म ज्वरो तथा संक्रमण आदिको लक्षण नदेखिए मात्र त्यहाँ राखिन्छ । ज्वरो र संक्रमणको लक्षण देखियो भने तुरुन्त क्वारेन्टाइनबाट हटाएर टेकुको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिने श्रेष्ठले जनाए ।
डब्लूएचओका अनुसार हालसम्म कोरोना भाइरसको प्रयोगशाला प्रमाणित १९ हजारभन्दा बढी केस विश्वभरमा देखिइसकेका छन् । यो संक्रमणबाट हालसम्म चीनमा ४ सय २५ जना र चीन बाहिर फिलिपिन्समा एक जनाको मृत्यु भइसकेको छ । यो संक्रमण चीनबाहेक नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, जापान, भियतनाम, कोरिया, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, कम्बोडिया, फिलिपिन्स, अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, जर्मनी, इटाली, रुस, स्पेन, स्वीडेन, बेलायत र युनाइटेड अरब इमिरेट्समा देखिइसकेको छ ।
स्वास्थ्य मन्त्रालयले मुलुकमा हालसम्म एक जनाबाहेक अन्यमा नोवल कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयका स्वास्थ्य आपत्कालीन कार्य सम्पादन केन्द्रका प्रमुख सागर दाहालले हालसम्म १४ जनाको प्रयोगशाला परीक्षण गरिएकामा एक जनामा पोजेटिभ, १० जनामा नेगेटिभ र बाँकी तीन जनाको प्रतिवेदन आउन बाँकी रहेको जानकारी दिए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया