
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बेइजिङ, । चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्। झापाको दमकस्थित लाइफलाइन अस्पातलका शल्य चिकित्सक रहेका उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए। डा. भट्टराईको फर्कने टिकट जनवरी ३० तारिखको थियो। दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदैछ। भट्टराईको फर्कने कार्यतालिकाभन्दा एक साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरेको थियो।
डा. भट्टराईकी पत्नी जानुका भुसाल वुहाननजिकैको चिङचौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दैछिन्। उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन्। आगामी सेप्टेम्बरमा एमडी सकिने र खोज तथा अनुसन्धानमा निकै व्यस्त हुनुपर्ने भएकाले त्यसअघि नै चीन घुमाउने विचार गरेर उनले पति र छोरीलाई बोलाएकी थिइन्।
कोरोना भाइरसका कारण कोठामै थुनिनुपरेपछि आफूहरू उकुसमुकुस भएको डा. भट्टराईले नागरिकलाई बताए। ‘हुपेईबाट कतै बाहिर जान पाइन्न। कहिलेसम्म यसरी थुनिएर बस्नुपर्ने हो ?’ उनले भने, ‘साथमा सानी छोरी पनि छे। आफ्नो नेपालको काम पनि चौपट हुने भयो।’ उनका अनुसार वुहानबाट अहिलेसम्म अमेरिका, कोरिया, बंगलादेश, श्रीलंका, जापान, भारतलगायत देशले आफ्ना नागरिक उद्धार गरेर स्वदेश फिर्ता गरिसकेका छन्।
दक्षिण एसियाली एक मात्र मुलुक पाकिस्तानले चीनलाई सदावहार अभिन्न मित्र मान्दै चीनको क्षमता र दक्षतामा विश्वास लागेकाले आफ्ना नागरिकको उद्धार नगर्ने बताइसकेको छ। तर अन्य विभिन्न देशले आफ्ना नागरिकलाई उद्धार गरेर लगेपछि नेपाली विद्यार्थीमा मानिसक दबाब र त्रास बढेको छ। त्यसमाथि नेपालबाट आफन्तले जसरी पनि आउनू भन्दा झनै तनाव हुने गरेको भुसालले बताइन्।
हुपेई प्रान्तमा मात्र दुई सयको हाराहारीमा नेपाली विद्यार्थी छन्। नेपाल सरकारले उद्धार गरेर आफूहरूलाई स्वदेश लानुपर्ने भनाइ सबै नेपाली विद्यार्थीको रहेको भुसालले बताइन्। उनले बेइजिङस्थित नेपाली दूतावासलाई पनि त्यसबारे जानकारी गराइसकेको सुनाइन्। ‘नेपाल सरकारले आफ्ना नागरिकको दायित्व लिनुपर्छ,’ उनले भनिन्, ‘उद्धार खर्च बेहोर्न सक्दैन भने बरु हामी दामासाही रूपमा तिर्न तयार छौं।’
बेइजिङस्थित नेपाली दूतावासबा मिनिस्टर सुशीलकुमार लम्सालले हुपेई प्रान्तका विद्यार्थी मानसिक दबाबमा रहेको बताए। उनले विद्यार्थीको अवस्थाबारे यथार्थ जानकारीसहितको विवरण लेखेर मन्त्रालयमा पठाएको जानकारी दिए। ‘विद्यार्थीहरूले दूतावासमा नियमित सम्पर्क गर्दै उद्धार गरिदिन आग्रह गरिरहेका छन्,’ उनले भने, ‘सोहीबमोजिमको प्रतिवेदन हामीले मन्त्रालयमा पठाएका छौं।’
चीनको सबै प्रान्तमा कोरोना भाइरसका संक्रमितहरू भेटिएका छन्। शुक्रबार साँझसम्म चीनमा नौ हजार आठ सय २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने मृतकको संख्या दुई सय १३ पुगेको छ। मृत्यु हुनेमा हुपेईमा मात्र दुई सय चारजना छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया