SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
    १०३० &#२३४६;&#२३३५;&#२३२५;

    बेइजिङ, । चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्। झापाको दमकस्थित लाइफलाइन अस्पातलका शल्य चिकित्सक रहेका उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए। डा. भट्टराईको फर्कने टिकट जनवरी ३० तारिखको थियो। दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदैछ। भट्टराईको फर्कने कार्यतालिकाभन्दा एक साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरेको थियो।

    डा. भट्टराईकी पत्नी जानुका भुसाल वुहाननजिकैको चिङचौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दैछिन्। उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन्। आगामी सेप्टेम्बरमा एमडी सकिने र खोज तथा अनुसन्धानमा निकै व्यस्त हुनुपर्ने भएकाले त्यसअघि नै चीन घुमाउने विचार गरेर उनले पति र छोरीलाई बोलाएकी थिइन्।

    कोरोना भाइरसका कारण कोठामै थुनिनुपरेपछि आफूहरू उकुसमुकुस भएको डा. भट्टराईले नागरिकलाई बताए। ‘हुपेईबाट कतै बाहिर जान पाइन्न। कहिलेसम्म यसरी थुनिएर बस्नुपर्ने हो ?’ उनले भने, ‘साथमा सानी छोरी पनि छे। आफ्नो नेपालको काम पनि चौपट हुने भयो।’ उनका अनुसार वुहानबाट अहिलेसम्म अमेरिका, कोरिया, बंगलादेश, श्रीलंका, जापान, भारतलगायत देशले आफ्ना नागरिक उद्धार गरेर स्वदेश फिर्ता गरिसकेका छन्।

    दक्षिण एसियाली एक मात्र मुलुक पाकिस्तानले चीनलाई सदावहार अभिन्न मित्र मान्दै चीनको क्षमता र दक्षतामा विश्वास लागेकाले आफ्ना नागरिकको उद्धार नगर्ने बताइसकेको छ। तर अन्य विभिन्न देशले आफ्ना नागरिकलाई उद्धार गरेर लगेपछि नेपाली विद्यार्थीमा मानिसक दबाब र त्रास बढेको छ। त्यसमाथि नेपालबाट आफन्तले जसरी पनि आउनू भन्दा झनै तनाव हुने गरेको भुसालले बताइन्।

    हुपेई प्रान्तमा मात्र दुई सयको हाराहारीमा नेपाली विद्यार्थी छन्। नेपाल सरकारले उद्धार गरेर आफूहरूलाई स्वदेश लानुपर्ने भनाइ सबै नेपाली विद्यार्थीको रहेको भुसालले बताइन्। उनले बेइजिङस्थित नेपाली दूतावासलाई पनि त्यसबारे जानकारी गराइसकेको सुनाइन्। ‘नेपाल सरकारले आफ्ना नागरिकको दायित्व लिनुपर्छ,’ उनले भनिन्, ‘उद्धार खर्च बेहोर्न सक्दैन भने बरु हामी दामासाही रूपमा तिर्न तयार छौं।’

    बेइजिङस्थित नेपाली दूतावासबा मिनिस्टर सुशीलकुमार लम्सालले हुपेई प्रान्तका विद्यार्थी मानसिक दबाबमा रहेको बताए। उनले विद्यार्थीको अवस्थाबारे यथार्थ जानकारीसहितको विवरण लेखेर मन्त्रालयमा पठाएको जानकारी दिए। ‘विद्यार्थीहरूले दूतावासमा नियमित सम्पर्क गर्दै उद्धार गरिदिन आग्रह गरिरहेका छन्,’ उनले भने, ‘सोहीबमोजिमको प्रतिवेदन हामीले मन्त्रालयमा पठाएका छौं।’

    चीनको सबै प्रान्तमा कोरोना भाइरसका संक्रमितहरू भेटिएका छन्। शुक्रबार साँझसम्म चीनमा नौ हजार आठ सय २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने मृतकको संख्या दुई सय १३ पुगेको छ। मृत्यु हुनेमा हुपेईमा मात्र दुई सय चारजना छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं