SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/८ गते
    १२१४ &#२३४६;&#२३३५;&#२३२५;

    लन्डन-त्यसोत रक्सी पिउनु स्वास्थका लागि हानिकारक मानिन्छ । यसका बावजदु विश्वका प्रसस्त मासिन र क्सी पिउने गर्छन् । प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउने गर्छन् । र क्सीको मूल्य पिउने मानिसको हैसियत अनुसार पनि निर्धारण हुने गर्छ । ठूला–ठूला दिग्गजहरु आफ्ना पाहुनालाई महँगो र क्सीले स्वागत गर्छन् । ताकी उनीहरुकिो रवाफ बढोस् । विश्वमा धेरै महँगा रक्सीहरु पनि हुने गर्छ । आउनुहोस् हामी तपाईलाई विश्वका सर्वाधिक पाँच र क्सीको बारेमा बताउछौ ।

    १.टकिला ले ९२५ः जुन बोतलमा यसलाई राखिन्छ, त्यसमा ६४०० हीरा जडित हुन्छ । यसको लन्च सबैभन्दा पहिले मेक्सिकोले गरेको थियो । तर यो रक्सी हालसम्म पनि कसैले किनेका छैनन् । त्यसैले यसको खास मूल्य निर्धारण गर्नमानै कठिनाई परेको छ ।

    २.अममांड डी ब्रिगनेक मीडासाः यसलाई विश्वकै सर्वाधिक महँगो स्याम्पियन मध्येमा मानिएको छ । यसको बोतलको ठूलो आकार उच्च मूल्यको ठूलो कारण मानिएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँ भन्दा पनि बढी रहेको छ ।

    ३.डीभा भोड्काः यसको स्वाद नङ पालिसको जस्तो आउछ । यसको बोतल भित्र स्वरोस्कीको क्रिष्टल राखिएको हुन्छ । यी क्रिष्टलहरुलाई पेयमा मिलाएर पनि पिउन सकिन्छ ।

    ४. डेमलर ६२ : यसलार्ई विश्वकै महँगो ह्विस्की मानिएको छ । यो यती महँगो छ कि हालसम्म यसको केबल १२ बोतल मात्रै बनाइएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँ भन्दा पनि बढी भएको बताइएको छ ।

    ५.पेनफोल्ड्स एम्पुलः यो सबैभन्दा महँगो रेड वाइन हो । कलमको आकार जस्तो देखिने बोलतमा राखिएको यो रक्सीको मूल्य १ करोड ७७ लाख रुपैयाँ पर्न जान्छ । यो खबर आजको कारोबार दैनिकले एजेन्सीको सहयोगमा बनाएर प्रकाशित गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं