
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
वरिष्ठ न्युरो सर्जन तथा पूर्वमन्त्री उपेन्द्र देवकोटाले जीवनको अन्तिम कालखण्डमा एउटा रहरलाग्दो ठाउँ दरबारमार्गको महेन्द्र शालिक अगाडि उडल्याण्ड होटल सँगैैको घर किने । नियमित पाइराखेको भाडा केही समयसम्म खातामा आउँथ्योे । उनको निधन भयो । केही समय परिवार शोकमा रह्यो । शोकपछि नियमित काममा फर्केकी पत्नी मधु दीक्षितले खाता खालि देखेपछि पसलधनीलाई खोजिन् ।
पसलधनी थिए अघिल्लो अर्थात् संविधानसभाकालको संसद्का क्याण्टिन सञ्चालक बागलुङका सञ्जय अधिकारी ।त्यो बेला तत्कालीन माओवादीका दीनानाथ शर्मादेखि जनमोर्चाका परी थापाहरू समेतलाई सहमत गराएर क्यान्टिनको ठेक्का पार्नेदेखि मूल्य बढाउनेसम्मको खेल भएको थियो । बैठकको खाना, खाजाका बिलसमेत संख्यादेखि दर बढाएर ठूलो घोटाला हुने गरेको हो ।
अधिकारीलाई दीक्षितले भेटेपछि अनेक बहानामा टार्दै र सम्पर्कविहीन हुँदै जान थाले । जेठमै करार अवधि सकिएको, भाडा नतिरेको उल्टै आफैं घरधनी बनेर भारतीय नागरिकलाई मासिक २ लाख भाडा लिनेगरी तल्लो तलामा रेमण्ड चश्मा पसल चलाउन दिएको, माथिल्लो तलामा अनलाइन र पत्रिकाको कार्यालय तथा साइडमा अर्को पसल राखेर भाडा उठाई आफैं खाने गरेको, डान्सबारबाट समेत पैसा उठाएको भन्दै दीक्षितले उजुर गरिन् ।
दरबारमार्ग प्रहरीले बोलाएको छ, आउँला भनी टार्दै गयो । त्यसपछि पुगिन् वडा कार्यालय । वडाले झन् टेरेन । महानगरपालिकामै पुग्दासम्म न भाडा उठ्यो न घर खाली नै भयो । आफ्नै घरमा यस्तो माथापच्ची गर्नुपरेपछि गृह सचिव प्रेमकुमार राईकोमा पुगेर कथा व्यथा सुनाइन् ।आफ्नै घरमा यसरी व्यापारीको राज चलेको, वडा, महानगरपालिका र दरबारमार्ग प्रहरीले नटेरेको कुरा सुनेपछि राईले आलम शैलीका व्यक्ति अनेक आवरणमा जहाँतहीं भएको भन्दै प्रहरीको सातो लिए ।
उपत्यका डिआइजी शैलेश थापा क्षेत्रीलाई फोन गरेर तत्काल त्यो पसलमा ताला लाइदिनू र चाबी मधु दीक्षितलाई दिनू भन्ने आदेश दिए । यो लामो घटनाक्रमपछि आइतबार प्रहरीले ताला लाइदियो र चाबी दीक्षितलाई दियो ।तर, अधिकारीले अस्ती सोमबार साँझ दलबल साथ पुगेर ताला फुटाए । र, घरधनी छिर्न नपाउन् भनी अर्काे ताला ठोकिदिए । कुरा गृहमन्त्रीसम्म पुगे पनि सचिवले नै प्रहरीलाई कार्यान्वयन गरी नतिजा निकाल्न निर्देशन दिएको अवस्था रहेको खवर जनआस्था साप्ताहिकले छापेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया