
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा आफूहरूबीचकै कार्यविभाजनको विषय पनि उठेको छ । विगतका सहमतिप्रतिको बुझाइ फरक–फरक हुन थालेपछि मन्त्रिपरिषद् हेरफेरसँगै दुई अध्यक्षका भूमिकाको पनि व्याख्या हुनुपर्ने धारणा पूर्वमाओवादी पक्षबाट आएको हो ।
मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच लगभग सहमति जुटिसकेको छ । सँगै कार्यविभाजनको पनि कुरा आएपछि मन्त्री हेरफेरको विषय नै केही पर धकेलिएको स्रोतले जनायो । ‘अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनसँगै सकेसम्म सबै विषयमा एकमुष्ट सहमति खोज्ने पक्षमा हुनुहुन्छ, त्यसो गर्दा पहिलेदेखि नै छलफलमा रहेको कार्यविभाजनको विषय पनि पर्ने नै भयो,’ दाहालनिकट एक नेताले भने, ‘तर प्रधानमन्त्रीज्यू किस्ताकिस्तामा निर्णय गरिरहनुभएको छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा पनि दुई अध्यक्षको कार्यविभाजन कसरी गर्ने भन्ने विषयमा कुराकानी भएको थियो । दुई अध्यक्षको भेटअघि दाहालसँग भेटेका एक केन्द्रीय सदस्यले भने, ‘उहाँ पार्टीमा आफ्नो पोजिसन कस्तो हुने भन्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा गर्ने मनस्थिति लिएर बालुवाटार छिर्नुभएको हो । मन्त्रीहरूको नामावलीबारे त छलफल हुने नै भयो ।’
अध्यक्षद्वयबीच गत साउन अन्तिम साता दाहालले पार्टी र प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाउने सहमति भएको थियो । त्यतिखेर ओलीले उक्त सहमति तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । ओलीको प्रतिबद्धतापछि दाहालले पार्टी एकीकरणअघि दुई अध्यक्षले आवश्यकताका आधारमा पालैपालो सरकारको नेतृत्व गर्ने गरी भएको सहमति ‘पुरानो भइसकेको’ अभिव्यक्ति दिएका थिए । ‘दुई अध्यक्ष भएपछि स्वाभाविक रूपमा पार्टी एकले र सरकार अर्कोले चलाउने कुरा हुन्छ, त्यहीअनुसार दाहाल पार्टी काममा सक्रिय पनि हुनुभएको छ,’ दाहालनिकट नेताले भने, ‘दुई अध्यक्षबीचको यो गाँठो जति छिटो फुक्छ, त्यति नै छिटो अरू विषयमा सहमति हुन्छ ।’दुई अध्यक्षबीचको भेटमा आफ्नातर्फबाट मन्त्रिपरिषद्मा समावेश हुने नयाँ मन्त्रीहरूबारे छलफल गरेको स्रोतले जनायो ।
त्यसअघि अध्यक्षद्वयले आ–आफ्ना पक्षका सम्भावित मन्त्रीहरूसँग भेटेर उनीहरूको आशय बुझेका थिए । प्रधानमन्त्री एवं अध्यक्ष ओली सोमबार दिनभर आफ्ना पक्षका नेताहरूसँगको भेटघाटमा व्यस्त रहेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल र परामर्श भए तापनि निष्कर्ष भने आइनसकेको बताए । ‘प्रधानमन्त्रीज्यू अहिले सरसल्लाहकै चरणमा हुनुहुन्छ,’ थापाले भने ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि सोमबार पार्टीका केही नेतासँग मन्त्रालय पुनर्गठनबारे छलफल गरेका छन् । ती छलफलमा उनले सोमबार साँझसम्ममा तत्कालै मन्त्रिपरिषद् गठन गर्ने या अलि पछि धकेल्ने भन्नेबारे टुंगोमा पुगिने बताएका थिए । उनले सम्भावित मन्त्रीहरूमध्ये कतिपयलाई भेटेर र कतिपयसँग फोनमा कुराकानी गरेका थिए ।
वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षबाट मन्त्रिपरिषद्मा समावेश गर्नुपर्ने नेताहरूको नाम यसअघि नै प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।एक नेताका अनुसार ओली र दाहाल कुन–कुन मन्त्री हटाउने भन्ने विषयमा लगभग टुंगोमा पुगे पनि कस–कसलाई ल्याउने भन्नेबारे अन्तिम निष्कर्षमा पुगिसकेका छैनन् । ‘पार्टीमा अवसर नपाएका योग्य नेताहरू धेरै हुनुहुन्छ, न्यायोचित ढंगले जिम्मेवारी दिनुपर्नेछ, त्यसैले अध्यक्षद्वय गहन छलफलमा हुनुहुन्छ,’ ती नेताले भने । प्रधानमन्त्री कार्यालयको कार्यसम्पादन मूल्यांकनका आधारमा ‘रेड जोन’ मा रहेका मन्त्रीलाई अब हटाउनैपर्छ भन्नेमा दुवै अध्यक्ष सहमत छन् ।
प्रधानमन्त्री ओली उद्योग तथा वाणिज्यमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको कार्यशैलीबाट सन्तुष्ट नरहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । ‘यी मन्त्रीहरूले प्रधानमन्त्रीज्यूको चाहनाअनुसार काम गर्न सकिरहेका छैनन्, सम्भवतः मन्त्रिमण्डलबाट बाहिरिने सूचीमा उनीहरू नै छन्,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।
यी मन्त्रीहरूको विकल्पमा आउन सक्ने सम्भावित नेताहरू र उनीहरूको दक्षताका विषयमा पनि दुई अध्यक्षले छलफल गरिरहेका छन् । ‘उहाँहरूले भरसक महिलाको ठाउँमा महिला, मधेसीको ठाउँमा मधेसी, जनजातिको ठाउँमा जनजातिलाई नै ल्याउने तयारी गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘त्यसमा गुटगत व्यवस्थापन पनि मिलाइनेछ ।’
दाहालनिकट स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र ऊर्जामन्त्री वर्षमान पुनबाहेक अरू मन्त्रीहरूका बारेमा पुनर्विचार गर्न उनी तयार छन् । यी मन्त्रीलाई प्रधानमन्त्री स्वयंले पनि रुचाएका छन् । यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रधानमन्त्री ओलीले रुचाएका अन्य मन्त्री हुन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया