SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१ गते
    १०१६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं,  । पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका हुन् ।त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको तथ्यांकले बताउँछन् । एक महिनाअघि रामग्राम नगरपालिका–१५ का २० वर्षीय एक युवक प्रशासनमा माइत गएकी पत्नी फर्काइदिन माग गर्दै निवेदन लिएर पुगे ।

    गत वैैशाखमा बिवाह गरेकी पत्नी माइत गएदेखि पटक–पटक लिन गए पनि नआएको भन्दै निवेदन दिएका हुन् ।बिहे भएको दुई महिनापछि माइत गएकी उनकी पत्नी अझै केटाको घरमा फर्केकी छैनन् । लिन जाँदा सासू ससुराले छोरी बिनाकारण नपठाउने भन्दै आफूलाई फर्काउने गरेको ती युवकको गुनासो छ ।

    ‘धेरेपटक लिन पुगें, तर उनले आउन नमानेपछि ससुरालीले पनि पठाएनन्’ प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिँदै उनले भने, ‘शान्ति सुरक्षासहित पत्नी झिकाइ जिम्मा लगाइपाउँ ।’ प्रमुख जिल्ला अधिकारी शम्भु मरासीनीले पत्नीसँग झगडा भएपछि माइत जाने र घर नआउने गरेको भन्दै निवदेन दिएको संख्या बढ्न थालेको बताए ।यस आर्थिक वर्षमा यस्ता उजुरी करिब ७/८ वटा आइसकेको उनले बताए । त्यसरी आउने निवेदनमा विवाह भएको केही समयमै मनुमुटाव बढ्ने र एक अर्कासँग बस्न नसकिने अवस्था रहेको उल्लेख गरिएको हुन्छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं