SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१६ गते
    ९४३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सरकारले मापदण्डविपरीत टेकुको पुल निर्माण गरेको भन्दै सञ्चालनमा रोक लगाएको वर्ष दिन पुग्न लाग्दा पनि अझै अलपत्र अवस्थामा छाडिएको छ । निर्माण सम्पन्न भइसकेको टेकुस्थित विष्णुमती पुल मापदण्डविपरीत निर्माण भएको भन्दै सरकारले करिब नौ महिनाअघि सञ्चालनमा रोक लगाएको थियो । पुलको बीच भागमा पर्खाल लगाएर पुल सञ्चालनमा रोक लगाइएको छ ।

    निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले लापर्बाही गरेर निर्माण गरेका कारण पुल कमजोर भएको र मापदण्डविपरीत निर्माण सामग्री प्रयोग गरिएको भन्दै सडक विभागले पुल प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।जेटआईईसी–पप्पु जेभीद्वारा बनाइएको टेकु पुलमा इन्जिनियर (परामर्शदाता)को निर्देशन र ठेक्का मापदण्डअनुसार निर्माण नगरिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले पुल भत्काएर नयाँ बनाउन निर्देशन दिएको थियो ।

    गत साउनमा डिभिजन कार्यालयले पुनः एक साताभित्र पुल निर्माण सुरु गर्न सूचना जारी गरेको थियो । सरकारको निर्देशन निर्माण कम्पनीले महिनौंसम्म अटेर गर्दै आएको छ भने सरकारले पनि कुनै कारबाही प्रक्रिया अघि नबढाएर छुट दिँदै आएको छ ।सडक डिभिजन कार्यालय काठमाडौंले निर्माण कार्यमा गरिएको त्रुटि सच्चाएर पुल बनाउन आग्रह गरिएको बताएको छ । तर, यसरी आग्रह गरिएको नौ महिना नाघिसक्दा पनि काम केही पनि भएको छैन ।

    सरकारले ठेक्का सम्झौताअनुसार पुलको भार क्षमता नभएको, ठेक्का सर्तमा उल्लेख गरेभन्दा फरक तरिकाले निर्माण भएको संरचना भत्काई सुुधार गर्न निर्देशन दिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको तत्कालीन दिगो सहरी विकास आयोजनाले २० करोड १३ लाख रुपैयाँमा पुलको ठेक्का लगाएको थियो ।दिगो सहरी विकास आयोजना र निर्माण कम्पनीबीच २०७१ असारमा ६० मिटर लामो पुल निर्माण गर्ने सम्झौता भएको थियो । पुल निर्माणको समय भने सन् २०१७ को डिसेम्बरमै सकिएको थियो ।

    समय सकिएपछि हतारहतारमा पुल निर्माणको काम सकिएको थियो । पप्पुले सोही पुलबापत २०७५ भदौमा निर्माण सम्पन्न भइसकेको जनाउँदै २ करोड रुपैयाँ भुक्तानी माग गरेको तर डिभिजन कार्यालय काठमाडौंले भुक्तानी दिन अस्वीकार गर्दै आएको छ । दिगो सहरीले गत ३२ साउन २०७५ मा पहिलो पत्र पठाएर पुल सञ्चालन नगर्न अनुरोध गरेको थियो ।

    ६० मिटरको पुललाई वारि र पारि जोड्न तीनवटा पिलर बनाउने गरी डिजाइन पास गरिएको थियो । नदीको दायाँ २०, बायाँ १० र बीचमा ३० मिटरको पिलर बनाएर पुल बनाउने ठेक्का सम्झौता छ । २५ मिटरभन्दा कमको पिलर सामान्य प्रक्रियाबाट निर्माण गरिन्छ भने सोभन्दा लामो पिलरमा तारलाई तन्काएर बाँध्नुपर्ने हुन्छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं