
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
११इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्। उनले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल जान अनुमति दिए जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका हुन्। दलका कार्यक्रम वा अन्य कार्यक्रममा पनि उनले त्यस्ता अभिव्यक्ति दिएका छन्।
बिहीबार मात्रै गृहजिल्ला चितवन पुगेर उनले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताए। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिस्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको उनको भनाइ थियो। ‘हामी त जीवनको उत्तराद्र्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ। यो महान् उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौं पनि’, उनले भने।
यसअघि असोज ६ मा आयोजित कम्युनिस्ट आन्दोलनकी नेत्री सहाना प्रधानको स्मृति दिवस कार्यक्रमममा पनि दाहालले फेरि एउटा अर्को आन्दोलन चाहिएको बताएका थिए। उनले त्यो कार्यक्रममा त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिस्पर्धात्मक हुने बताएका थिए। ‘हामी हिजो जेलाई आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ सो कार्यक्रममा दाहालले भनेका थिए, ‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिस्ट पार्टीको जस्तै हुन्छ।’ याे खबर आजकाे नागरिक दैनिकमा छ।

प्रतिक्रिया