
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ ।ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार शिलान्यास हुने कार्यक्रम तय गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।
ललितपुरको सैंबुमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारीलाई समेत सरकारले तीव्रता दिएको छ । सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।८५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न र अत्याधुनिक आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ । केसी कन्सट्रक्सन तथा समानान्तर ज्वाइन्ट भेन्चरले सो भवन निर्माणको ठेक्का पाएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै गरी १४ वटा भवन बन्नेछन् ।
गत १२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भैंसेपाटीमा मन्त्री निवास, राष्ट्रिय सभा अध्यक्ष तथा उपाध्यक्षको आवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकीर्ण तुलाधारले मन्त्रिपरिषद्ले निर्णय गरेको र नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश भएसँगै भवन निर्माण अघि बढाइएको बताए ।अबको केही समयपछि ललितपुर भैंसेपाटीस्थित सैंबुमा १ अर्ब ४५ करोड लागतमा मन्त्री निवास बनाउने तयारी छ ।सरकारले हाल ललितपुर पुल्चोकस्थित मन्त्री निवास भैंसेपाटी सैंबुमा बनाउने निर्णय गरेको छ भने मन्त्री निवासका लागि ठेक्का सम्झौता गर्ने तयारी भइरहेको छ ।
विभागका इन्जिनियर तुलाधारले ठेक्का सम्झौताका लागि मूल्यांकनको काम भइरहेको बताए । निर्माणको तयारी भइरहेको मन्त्री निवासअन्तर्गत २७ वटा भवन बन्नेछन् ।तुलाधारले आवास निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँको लागत अनुमान गरिएको बताए । सैंबुमा बन्ने मन्त्री निवासमा केन्द्र सरकारका मन्त्रीहरूका लागि २४ वटा भवन बन्नेछन् भने राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि एक/एक वटा भवन बन्नेछन् ।
मंसिरमा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार ललितपुरकै पुल्चोकस्थित हालको मन्त्री निवास परिसरमा १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भए नेपाल राष्ट्रिय पुस्तकालय छेउको सरकारी जग्गासमेत उपयोग गर्ने निर्णय गरेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया