SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२ गते
    १७७६ &#२३४६;&#२३३५;&#२३२५;

    संजय रेग्मी, पर्वत : कक्षाकोठामा आधुनिक प्रविधिका उपकरणहरु सहित शिक्षण गर्ने सीपको बिषयमा छलफल गर्न पर्वतमा अन्तरक्रियामूलक कार्यशालाको आयोजना गरिएको छ ।

    प्रबिधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशको आयोजनामा यही असोज ४ गते शनिवार पर्वत सदरमुकाम कुस्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यशालामा डिजिटल शैक्षिक सामग्री निर्माण, विद्यालयका कक्षाकोठामा सूचना तथा संचारका आधुनिक उपकरणहरुको प्रयोग, इन्टरनेटको माध्यमबाट संचालन गर्न सकिने कक्षा लगायतको बिषयमा छलफल गरीने प्रबिधिमैत्री शिक्षक समाज गण्डकी प्रदेशले जनाएको छ । उक्त कार्यशालामा पर्वतका सात ओटै स्थानीय तहबाट आई.सी.टी.मा आधारित कक्षाकोठा व्यवस्थापनमा चासो राख्ने शिक्षकहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

    सोही दिन नै समाजको पर्वत शाखाको पनि गठन गर्ने गरी तयारी भइरहेको शिवालय मा.वि.का शिक्षक आनन्द पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लका बिभिन्न पालिकाहरुबाट प्रतिनिधित्व गरेर आउने शिक्षकहरुको भेला तथा कार्यशालाबाट पर्वत जिल्लामा पनि नयाँ समितिको निर्माण हुने छ ।

    उक्त समितिले पर्वत जिल्लामा पनि सूचना तथा प्रबिधिमा आधारित शिक्षण सिकाई क्रियाकलापको संचालन तथा विकास गर्नका लागि बिभिन्न योजनाहरुको निर्माण गर्नुका साथै स्थानीय पालिकाहरुसँग सहकार्य गरेर कार्यान्वयनको चरणमा लैजाने छ ।

    पछिल्लो समय सूचना तथा संचार प्रबिधिको क्षेत्रमा तीब्र विकास भएसँगै यसले समाजका बिभिन्न पक्षहरुमा प्रभाव पारीरहेको छ । यसको प्रत्यक्ष प्रभाव शिक्षामा पनि परेसँगै परम्परागत शिक्षा प्रणालीको अन्त्य गर्दै अबको शिक्षा प्रणालीलाई प्रबिधिमा आधारित बनाउनुपर्ने भनी बिभिन्न अभ्यासहरु भइरहेका छन् ।

    यसका लागि स्थानीय सरकारहरुले आवश्यक कामहरु गरिरहेको भएपनि यसको कार्यान्वयनको लागि शिक्षकहरुको तर्पmबाट कुनै समितिहरु बन्न सकेका थिएनन् । यही सन्दर्भमा आई.सी.टी बेसमा आधारित कक्षाकोठा निर्माणको लागि पर्वत जिल्लामा पहिलो पटक अन्तरक्रिया सहित नयाँ समितिको निर्माण गर्न लागिएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता

    कास्की।,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त,...

    महेन्द्र मावि घार्मीको ३५ औं वार्षिकोत्सव सम्पन्न

    शिशिर, पोखरा ।पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण...

    पोखरा स्पोर्टस् अवार्डः वर्ष खेलाडी बने अरुणा र विश्वास

     पोखरा । नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास...

    पल, रमेश र आर्यनपछि ‘महाराजधिराज’मा वर्षाको इन्ट्री

    काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुनेक्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले...

    नेजाको नवौं अधिवेशनको तयारी पूरा ।

    बैकुण्ठ गिरी,अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को नवौं अधिवेशन मे १० र ११, २०२५...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं