
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौ । यो आईतबार भदौ महिनाको अन्तिम साता हो । यही साताभित्र असोज महिनाको पहिलो हप्तापनि बन्नेछ । किनकी भदौ २९ गतेदेखि ४ असोज ४ गतेसम्मको साप्ताहिक गणना यहाँ गरिएको छ । यसै आधारमा साप्ताहिक राशिफलपनि तयार गरिएको छ । राशिफल तल प्रस्तुत छ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको शुरुमा यात्रामा खर्च हुनेछ । सामाजिक कार्य तथा धार्मिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट भने फाइदा एवं आफन्तजनबाट फाइदा मिल्नेछ । नयाँ सवारीको सुख एवं नयाँ मित्रसँग भेटघाट हुनेछ । साताको मध्यमा प्रेममा प्रगति एवं आम्दानीको स्तर वृद्धि हुनेछ । शुरु गरेको काममा सफलता मिल्नाले उत्साह थपिनेछ । साताको अन्त्यमा भने धनको कारोबार बढ्ने, सामूहिक भेटघाट हुने र कुटुम्बसँग सहकार्य बढ्नेछ ।
वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )–साताको शुरुमा व्यापारमा राम्रो प्रगति हुनेछ एवं अचानक फाइदा मिल्नेछ । आर्थिक सहयोग मिल्नाले अधुरा काम शुरु हुनेछ । साताको मध्यमा भने सामान्य खर्च हुने, शारिरीक अस्वस्थता बढ्ने एवं सर सामान हराउन सक्नेछ । मित्रतामा आँच आउन सक्ने एवं प्रेममा समस्या हुनेछ । साताको अन्त्यमा भने छोटो यात्रा हुने, मनोरञ्जनमा खर्च बढ्ने एवम नयाँ स्थानको भ्रमण हुनेछ । काममा भने अलमल तथा मान सम्मानमा सामान्य आघात पुग्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी क्षेत्रमा पहुँच बढ्नेछ । ठूलाबडा व्यक्तिसँगको भेटघाटले समस्या हटेर जानेछ । काममा प्रशंसा मिल्ने एवं प्रतिष्ठामा वृद्धिहुनेछ । साताको मध्यमा भने कृषि एवं पशु चौपायाबाट फाइदा तथा मातृवर्गबाट राम्रो सहयोग मिल्नेछ । व्यापार राम्रो हुनाले ऋणको भार कम हुनेछ । साताको अन्त्यमा भने अनावश्यक बोझ आइपर्ने एवं आर्थिक क्षति हुनेछ । हिसाब किताब गडबड हुनालेसामान्य वादविवाद पर्न सक्नेछ । खानपिन एवं मनोरञ्जनमा खर्च बढी देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) धार्मिक काममा व्यस्तता बढ्नेछ । सामुहिक भेटघाट हुने एवं साथीभाइसँग नयाँ कामको योजना बन्नेछ । पुराना अधुरा काम शुरु हुने एवं वैदेशिक कार्यमा प्रगति देखिन्छ । साताको मध्यमा भने राजनीतिक क्षेत्रमा प्रगति एवं जिम्मेवारी थपिनेछ । नयाँ मित्रसँग भेटघाट एवं काममा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने राम्रो आम्दानी हुने, धनको कारोबारमा वृद्धि हुनाले आर्थिक स्थिति मजबुत हुने तथा आकस्मिक लाभको सम्भावना देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –साताको शुरुमा अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यमा समस्या देखिने एवं नजिकका आफन्तबाट धोका हुन सक्नेछ । साताको मध्यमा भने लामो यात्रा गर्नुपर्ने, सामाजिक एवं धार्मिक व्यस्तता बढ्ने तथा परोपकार एवं सेवामुलक काममा योगदान बढ्नेछ । साताको अन्त्यमा भने जागिरमा प्रगति देखिने, पदवृद्धि हुने एवं जिम्मेवारी थपिनेछ । ठूलाबडाको साथ मिल्नाले विरोधी तल पर्नेछन् ।
कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) रमाइलो यात्रा हुनेछ । पारिवारिक भेटघाट एवम प्रेममा प्रगति देखिन्छ । सन्तानको सुख मिल्ने एवं साझेदारी काममा नयाँ योजनाको सुरुवात हुनेछ । व्यापारमा प्रगति एवम व्यावसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या देखिने एवम अपगाल आउन सक्नेछ । साताको अन्त्यमा भने अधुरा काम पूरा हुने, अरुको साथ पाइने एवम धार्मिक यात्रामा खर्च हुनेछ ।
तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) वादविवादमा परिन सकिनेछ । गुप्त शत्रुको भय एवं प्रतिस्पर्धा बढी हुनेछ । स्वास्थ्यमा भने सुधार आउने एवं अधुरा कामबाट फाइदा मिल्नेछ । साताको मध्यमा भने साथीभाइ भेटघाट, प्रेमिप्रेमिकाबीच आपसी सम्बन्ध बढ्नेछ । प्रियजनसँग भेट एवं यात्राको रमाइलो मिल्नेछ । व्यावसायमा प्रगति हुनाले नयाँ योजना बन्नेछ । साताको अन्त्यमा भने काममा बाधा, शारिरीक बिसञ्चोपना बढ्ने एवं मानसिक तनाव थपिनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्याध्ययनमा प्रगति हुनेछ । कला, संगीत एवं साहित्यमा रुचि बढ्नेछ । आम्दानी बढ्ने एवं सन्तानबाट सहयोग मिल्नेछ । साताको मध्यमा भने अनावश्यक झमेला आइपर्ने, सामान्य स्वास्थ्य बाधा एवं मुद्दामामिलाको झन्झट हुन सक्नेछ । साताको अन्त्यमा भने काममा प्रगति देखिने एवं स्थान परिवर्तन हुनेछ । काममा भने प्रशंसा मिल्ने तथा जग्गा जमिनको कारोबारबाट फाइदा मिल्नेछ ।
धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) परिवारमा विवाद आउनेछ । घरायसी झमेला थपिनाले मानसिक चिन्ता हुने देखिन्छ । चिसोको समस्या एवं मुटु सम्बन्धि विसञ्चो बढ्नेछ । विद्यामा प्रगति एवं सन्तानबाट खुशियाली मिल्नेछ । व्यापारमा सोचेको जस्तो आम्दानी एवम धन लाभको योग रहनेछ । सांगीतिक क्षेत्रमा प्रगति एवं नयाँ साथीभाइसँग यात्राको सुख मिल्नेछ । साताको अन्त्यमा भने खर्च बढ्ने एवम खानपिनको सुख मिल्नेछ ।
मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा जिम्मेवारी आउनेछ । नयाँ कामको सुरुवात हुने एवमा छोटो यात्राको तय हुनेछ । व्यस्तता बढ्नाले व्यक्तिगत काम थाती रहनेछ । साताको मध्यमा पारिवारिक चिन्ता बढ्ने एवम घरका सदस्यसँग वादविवाद हुनसक्नेछ । स्त्री पक्षसँग मनमुटाव हुने एवम चिसोको असर देखिनेछ । साताको अन्त्यमा भने आम्दानीको स्तर बढ्ने, धनको कारोबारमा वृद्धि हुने एवम धार्मिक कार्यमा खर्च बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, र्द) भोजनको सुख मिल्ने एवम आफन्तजनबाट सहयोग आउनेछ । इष्टमित्र भेटघाट एव रमाइलो गरेर साताको शुरुवात हुनेछ । साताको मध्यमा भने छोटो यात्रा हुने एवं दाजुभाइपक्षबाट सहयोग मिल्नेछ । बन्धुजनको सहयोगले काममा प्रगति मिल्नेछ । सञ्चार क्षेत्र एवं प्राविधिक क्षेत्रमा प्रगति हुनेछ । साताको अन्त्यमा भने चिसोको समस्या एवं मित्रसँग सामान्य भनाभन पर्नेछ । प्रेममा विवाद एवं आफन्तमार्फत काममा समस्या आउन सक्नेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, र्चि) खुशियाली बढ्नेछ । नयाँ सामान किनमेलमा खर्च हुने एवं यात्राको सुख मिल्नेछ । वैदेशिक कामबाट फाइदा एवं सभा, सेमिनारमा व्यस्तता बढ्नेछ । भोजको सुख एवं आफन्तसँग रमाइलो मिल्नेछ । धन एवं बोलीको प्रभाव बढ्नाले व्यवसायमा सहजता आउनेछ । साताको अन्त्यमा भने भातृ सहयोग मिल्ने, काममा व्यस्तता बढ्ने, जागिर एवं रोजगारमा जिम्मेवारी थपिनेछ । वैदेशिक यात्राको योग एवं प्रियजन भेटघाट हुनेछ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया