
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
काठमाडौं, । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा भएको उपचार सकेर शुक्रबार फर्किएसँगै पार्टी र सरकारी कार्यमा सक्रिय भएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ।
शुक्रबार प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच ओलीको पछिल्लो स्वास्थ्य अवस्था र मुलुकको समसामयिक अवस्थाबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
ओली र दाहालबीच पछिल्लो राजनीतिक अवस्था, सरकारको गतिविधि, नेकपा सचिवालय बैठकले गरेको निर्णयलगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो । यसैगरी, पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा समेत छलफल भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस विज्ञ डा. कुन्दन अर्यालका अनुसार अध्यक्षद्वयबीच छलफल नियमित कामअन्तर्गत नै भएको छ । स्वास्थ्य उपचारका लागि सिंगापुरबाट फर्किएपछि मुलुक एवं पार्टीको पछिल्लो अवस्थाबारे छलफल भएको उनले बताए । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे दाहाललाई जानकारी गराएका थिए ।
५ भदौमा सिंगापुर गएका ओली दुई साता लामो उपचारपछि स्वदेश फर्किका हुन् । मृगौलासम्बन्धी एन्टिबडीको उपचारका लागि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भएको थियो ।
उपचारकै क्रममा प्रधानमन्त्री ओलीले दुईपटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए । शनिबार आरामसँगै भेटघाट गर्ने र आइतबारदेखि प्रधानमन्त्री ओली नियमित काममा फर्किने अर्यालले बताए ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकी छन् । डा. शाहका अनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टिबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयूएचमा पूरा भएको छ । प्रधानमन्त्री ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने उनले जनाएकी छन् ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया