SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२१ गते
    १३९४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा भएको उपचार सकेर शुक्रबार फर्किएसँगै पार्टी र सरकारी कार्यमा सक्रिय भएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ।

    शुक्रबार प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे ।

    प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच ओलीको पछिल्लो स्वास्थ्य अवस्था र मुलुकको समसामयिक अवस्थाबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    ओली र दाहालबीच पछिल्लो राजनीतिक अवस्था, सरकारको गतिविधि, नेकपा सचिवालय बैठकले गरेको निर्णयलगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो । यसैगरी, पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा समेत छलफल भएको छ ।

    प्रधानमन्त्री ओलीका प्रेस विज्ञ डा. कुन्दन अर्यालका अनुसार अध्यक्षद्वयबीच छलफल नियमित कामअन्तर्गत नै भएको छ । स्वास्थ्य उपचारका लागि सिंगापुरबाट फर्किएपछि मुलुक एवं पार्टीको पछिल्लो अवस्थाबारे छलफल भएको उनले बताए । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे दाहाललाई जानकारी गराएका थिए ।

    ५ भदौमा सिंगापुर गएका ओली दुई साता लामो उपचारपछि स्वदेश फर्किका हुन् । मृगौलासम्बन्धी एन्टिबडीको उपचारका लागि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भएको थियो ।

    उपचारकै क्रममा प्रधानमन्त्री ओलीले दुईपटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए । शनिबार आरामसँगै भेटघाट गर्ने र आइतबारदेखि प्रधानमन्त्री ओली नियमित काममा फर्किने अर्यालले बताए ।

    प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकी छन् । डा. शाहका अनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टिबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयूएचमा पूरा भएको छ । प्रधानमन्त्री ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने उनले जनाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं