News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News पत्रपत्रिका मुख्य समाचार

    अख्तियारले थप ५८ जनालाई बयानमा बोलायो : ललिता निवास जग्गा प्रकरण

    काठमाडौं, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्र्रकरणमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याएको छ । ५८ जनामध्ये ५४ जना ललिता जग्गा किनबेचमा मुछिएका छन् । यसअघि अख्तियारले ८९ जनालाई बयानमा बोलाइसकेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

    ललिता निवासभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा कायम गरेको भेटिएपछि जग्गाधनीसँग बयान गर्न लागिएको हो ।

    सरकारले जग्गाधनीलाई मुआब्जा दिई अधिकरण गरिसकेको जग्गा पुनः मालपोत कार्यालयले अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको पाइएपछि अनुसन्धान थालेको हो । २०६२ सालमा छानबिन समितिले भूमाफिया किटान गरेका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीलगायतले सो जग्गा सस्तोमा किनेका थिए ।

    पछि मन्त्रिपरिषद्, मुख्य सचिव, सचिव, मालपोत कर्मचारीलगायतलाई प्रभावमा पारी भूमाफिया र व्यापारीले बालुवाटारको जग्गा प्लटिङ गरेर आधा दर्जन व्यापारिक घराना, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत पहुँच र प्रभाववालालाई बेचेका थिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया