SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१५ गते
    २२२८ &#२३४६;&#२३३५;&#२३२५;

    गोविन्द रिजाल पर्बत,कुश्मा । कम्प्यूटर एशोसियसन महासंघ नेपाल जिल्ला कार्य समितिको पर्वतको तेस्रो अधिवेसनबाट चयन नयाँ कार्यसमितमा अध्यक्ष खडक बहादुर गुरुङ (मदन)चयन हुनुभएको छ भने उपाध्यक्षमा अच्यूत पौडेल, सचिव भरत सापकोटा, कोषाध्यक्ष विष्णुप्रसाद सुवेदी, सह-सचिव मिलन पौडेल सदस्यहरुमा उत्तम के.सी., रमेश अधिकारी, आषिश पौडेल र बिमल आचार्य चयन हुनु भएको छ । साथै निर्वाचन मण्डलको भूमिका निर्वाह नेपाल बार एशोसियसनका केन्द्रिय पर्षद बिश्वराज पाण्डे, मोदी गाउँपालिकाका कार्यक्रम अधिकृत तुलसीराम पौडेल, आधिकारीक कर्मचारी ट्रेड युनियनका जिल्ला सचिब बालकृष्ण शर्मा र भू.पु. अध्यक्ष ढाकाराम सापकोटाले निश्पक्षरुपमा समिति गठन गरिदिनु भएको थियो।

    उक्त कार्यक्रममा प्रमुख अतिथि कम्प्यूटर एशोसियन महासंघ नेपालका केन्द्रिय  सचिव जगनबहादुर गुरुङ हुनु हुन्थियो भने  विशिष्ठ अतिथि CAN गण्डकीका अध्यक्ष चिन्तामणी बास्तोला, CAN का केन्द्रिय सदस्य अशोक बाबु राना अतिथिमा CAN गण्डकीका उपाध्यक्ष तुलसीराम पाण्डे, CAN गण्डकीका सल्लाहाकार चण्डी प्रसाद अर्याल, CAN कास्कीका Online Exam coordinator ईश्वर चालिसेको गरिमामय उपस्थिति रहेको थियो ।

     

    अधिवेशन भब्य र सब्यरुपमा सफल पार्न क्यान पर्वतले राम्रो तयारी गरेको थियो। नब निर्वाचित अध्यक्ष खडक बहादुर गुरुङ (मदन)ले अब सबै ब्यबसायीहरुलाई समेटेर लैजाने र नया कार्यकालमा पालिका र जिल्ला भरि नै कार्यक्रमहरु गर्ने जानकारी “सूचना केन्द्र डटकम” लाई बताउनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं