
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडाैं, ।
समय बिहान :बिहान ९ः३०
स्थान :प्रधानमन्त्री निवास बालुवाटार
केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु । मैले आफू नभएका बेला अब पार्टीको बैठक बस्ने र निर्णय लिने गरी प्रचण्डजी (पुष्पकमल दाहाल) लाई जिम्मा दिएको छु । उहाँ (दाहाल) ले म नहुँदा पनि बैठक राख्न सक्नुहुन्छ । आवश्यक निर्णय पनि लिन सक्नुहुन्छ । पार्टीका बाँकी एकताका काम टुग्याउँदै जानुहोस् । सबै निर्णय सहमतिका आधारमा गर्नुहोस् । आवश्यक पर्दा मसँग पनि टेलिफोन सम्पर्क गर्न सकिन्छ । तपाईहरू मिलेर पार्टीलाई सर्वसम्मत ढंगले चलाउँदै गर्नुहोस् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।
माधव नेपाल :कुनै पनि हालतमा सर्वसम्मत हुँदैन । सबै निर्णय एकलौटी गरेर कसरी सर्वसहमति ? असहमतिकै बीचमा तपाईहरूले थुप्रै निर्णय गर्नुभएको छ । अबचाहिँ कसरी सहमति ? मैले आफ्नो असहमतिका कुरा लिखित रूपमा रखिसकेको छु । त्यसलाई पनि प्रस्तावका रूपमा छलफल गरेर लैजाऔं । अरूलाई अनेकथरी भन्नुहुन्छ । तपाईका निकटका मान्छेले चाहिँ जे पनि बोल्न र लेख्न मिल्छ ? उनीहरूलाई अनुशासन लाग्दैन ? मैले पार्टीमा आफ्ना कुरा राख्नसमेत नपाउने ? मैले नोट अफ डिसेन्ट राखेपछि राजेन्द्र गौतमले फेसबुकमा के लेखेको त्यसरी ? हेर्नुभएको छ ? तपाईंका मान्छेलाई किन कारबाही नगर्ने ? कारबाही गर्नुहोस् ।
दाहाल :प्रधानमन्त्री आज सिंगापुर जाँदै हुनुहुन्छ । अहिले आवेश, आक्रोश होइन, संयम अपनाऔं । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरौं । म प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्छु । छिट्टै पार्टीको एजेन्डामा छलफल गर्नका लागि प्रधानमन्त्रीले भनेझैं पार्टीको बैठक बोलाउँछु । छलफल, बहस गर्दै सहमतिकै आधारमा हामीले पार्टी सञ्चालन गर्ने हो । आवश्यक पर्दा प्रधानमन्त्रीसँग पनि छलफल गर्छु नै । अन्य विषयमा पनि तपाईंहरू सबै नेताहरूसँग आवश्यक परामर्शका आधारमा निर्णयमा पुग्ने प्रयास हुन्छ । मिलेरै पार्टीलाई अगाडि लैजानुको विकल्पै छैन ।
विष्णु पौडेल :(अध्यक्षसँग बोल्ने अनुमति लिएर) प्रधानमन्त्री तथा पार्टी अध्यक्षको स्वास्थ्यलाभको कामना र उहाँको सिंगापुर उपचार भ्रमणका लागि शुभकामना दिएर पठाउने गरी स्वास्थ्यलाभको प्रस्ताव म बैठकमा राख्छु । बैठक सञ्चालनका अन्य विषय, विधिका विषयमा हामी छलफल÷बहस गदै जाऔंला… (फेरि माधव नेपाल बोल्न सुरु गरिहाले)
नेपाल : तपाईहरुका कुरा कत्ति मिठा ! यसैगरी पार्टी चलाउँदै जानुहोस् ।
ओली : तपाईले मेरो स्वास्थ्यबारेमा के सोच्नुहुन्छ ? तपाईंको चाहना मैले बुझेकै छु । कहाँकहाँ के भन्दै हिँड्नुभएको छ, बुझेकै छु । लौ भैगो, तपाईको शुभकामना चाहिएन मलाई ।
नेपाल : तपाईको स्वास्थ्यका बारेमा मैले कहाँ नकारात्मक टिप्पणी गरें ? एउटा मात्र प्रमाण जुटाइदिनुहोस् । म त्यत्तिसम्म हृदयविहीन र निष्कृष्ट मान्छे होइन । छानबिन गरौं ।
ओली : तपाई कहाँको विधिको कुरा गर्नुहुन्छ ? पार्टीमा तपाईको कुरा (असहमतिपत्र) बुझाउँदै–नबुझाई मिडियामा किन पहिले बुझाएको ? के यही हो तपाईको विधि र प्रक्रिया ? मिडियामा पहिले फरक मत बाँड्ने अनि पार्टीमा बुझाउन ल्याउने । त्यसमा कुनै छलफल हुँदैन । कोही अहिले सचिवालयमा थपिँदैनन् ।
अरूले के लेखे के गरे भन्ने ? तपाईंले चाहिँ बुधबार (साप्ताहिक) मा के लेखाउनुभएको छ ? मैले हेरेको छैन भन्ठान्नुभएको छ ?
वामदेव गौतम/नारायणकाजी श्रेष्ठ : अब यसरी नसोचौं, प्रधानमन्त्रीको स्वास्थ्लाभ बैठकले गरौं, अरू विषयपछि छलफल गरौंला। (बैठकमा ओली नेपाल चर्काचर्कीमा हस्तक्षेप गर्न खोज्दै)
दाहाल : ल आज धेरै छलफल नगरौं । पछि गरौंला छलफल । आज विषय टुग्याऔं । प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको माइनुट लेख्नुहोस् । आजलाई अब धेरै भयो, उठौं ।
(सचिवालयका नेताहरूसँगको कुराकानीका आधारित)
‘४६ वर्षदेखि विवाद व्यहोर्दै छु’
प्रधानमन्त्रीको स्वास्थ्यलाभको प्रस्ताव सचिवालय बैठकमा आउँदा सबै नेताहरुले स्वास्थ्य लाभको कामना गर्दासम्म पनि तपाईले गर्नुभएन रे नि ?
मैले नै उहाँलाई प्रस्ताव राखेंं, तपाईलाई स्वास्थ्यलाभको कामना छ भनें मैले । उहाँले तपाईको स्वास्थ्यलाभको कामना मलाई चाहिएन, आवश्यक छैन भन्नुभयो ।
किन उहाँले त्यसो भन्नुभयो त ?
उहाँ (ओली) लाई के लागेको रहेछ भने मैले उहाँको स्वास्थ्यबारेमा जहिल्यै पनि खराब टिप्पणी गरं रे । मैले चुनौती दिएँ, एक ठाउँमा पनि मैले उहाँको स्वास्थ्यबारे खराब र नकारात्मक टिप्पणी गरेको एउटा पनि प्रमाण जुटाइदिनुहोस् । मैले भनें– म त्यत्ति धेरै हृदयविहीन र निष्कृष्ट मान्छे होइन । तल्लो स्तरमा जाने मान्छे होइन । तपाईंले त्यसरी सोच्नुभएछ, मलाई दुःख लागेको छ ।
प्रधानमन्त्रीले आफू नहुँदा पार्टी निर्णय सहमतिका आधारमा गर्नुहोस् भन्दा किन भनाभन गरेको ?
मैले भनेको के हो भने पार्टीमा विमति भएका विषयमा पनि निर्णय गरेर जाने काम सुरु गरिहाल्यौं । भोलि तपाई (ओली) को पनि विमित रहन सक्छ । कुन ठूलो कुरा हो र ? तपाईं अध्यक्ष भए पनि यो त कम्युनिस्ट पार्टी हो । तपाईको भोट र मेरो भोट बराबर हो । त्यसकारण आफ्ना कुरा राख्ने छुट सबैलाई हुन्छ भन्ने कुरा मैले गरेको हुँ । कुनै भनाभन भएको होइन ।
दाहाललाई अधिकार दिएको विषयमा तपाईंको असन्तुष्टि होइन ?
होइन, होइन । त्यो त स्वाभाविक हो । प्रचण्डजीले नै अधिकार प्राप्त अध्यक्ष पाउनुपर्छ भन्ने पक्षमा रहेको मान्छे हुँ म । (हाँस्दै) पार्टी अध्यक्ष उहाँ हुनुपर्छ भन्ने मान्छे भएकाले म किन असन्तुष्ट हुनु ? मेरो प्रस्ताव नै के हो भने सरकारको जिम्मा केपी ओलीलाई र पार्टीको जिम्मा प्रचण्डलाई भन्ने हो । दुईटा अध्यक्षलाई दुईटा अलगअलग काम भनेको हो ।
पार्टीमा यत्रो मनमुटाव देखिन थालेको छ । अब तपाईं कसरी जानुहुन्छ ?
सहमतिबाटै जानुपर्छ । पार्टीलाई छलफलबाट मिलाएरै अगाडि लैजानुपर्छ । पार्टीमा छलफल, बहस त भई नै रहन्छन नि ! आजमात्र होइन, मेरो अनुभव भन्नुहुन्छ भने २०३१ सालदेखि विवाद हुँदैहुँदै आएको छ । त्यस्ता विवाद तपाईंहरुका निम्त्ति नयाँ लाग्न सक्छ । मैले त ४६ वर्षदेखि नै व्यहोर्दै आएको छु ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया