News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News पत्रपत्रिका मुख्य समाचार राजनीति

    अर्काे ठूलाे कीर्ते काण्ड बालुवाटार जग्गामा बाहिरियाे, यी ३ न्यायाधीश फस्ने पक्का

    काठमाडाैं, । बलुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    त्यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका छन् । विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट कान्तिपुरले प्राप्त गरेको छ ।

    पटक–पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्त खनालका नाममा उल्टै साढे २ करोड रुपैयाँको नक्कली तमसुक खडा गरिएको भेटिएको थियो ।

    जग्गा किन्ने प्रयोजनका लागि खनालले हस्ताक्षर र औंठाछाप गरेर दिएको खाली कागज मामाससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरी तमसुक बनाएको भेटिएको हो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया