
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले मनग्गे बिजुली रहेको र उत्पादन बढ्न थालेको भन्दै उपभोक्तालाई घरायसी प्रयोजनमा विद्युत खपत बढाउन आह्वान गरेको छ । प्राधिकरणले उपभोक्तालाई विद्युतीय सवारीसाधन प्रयोग गर्न समेत आग्रह गरेको छ । तर वर्ष भरी बिजुली उत्पादन र आपूर्ति एकैनास नहुने जोखिम कायमै रहेकोले उपभोक्ताहरू सहजै एलपी ग्यास छोडेर विद्युतीय उपकरणतर्फ आकर्षित हुने अवस्था नरहेको जानकारहरू बताउँछन् ।
जलस्रोत विश्लेषक रत्नसंसार श्रेष्ठका विचारमा प्राधिकरणले आग्रह गर्दैमा उपभोक्ताहरूले आफ्नो ‘भान्साको विद्युतीकरण’ गर्नको लागि थप लगानी गरिहाल्न सक्ने अवस्था छैन । उनी भन्छन्, ‘अहिले बर्खाको बेला भएर बिजुली बढी उत्पादन भइरहेको हो । तर हिउँद तथा सुख्खा याममा बिजुली उत्पादन घट्न जान्छ । त्यो बेला सबैलाई बिजुली पुर्याउन कठिन हुन सक्छ । प्राधिकरणका अनुसार अहिले देशभर १३ सय मेगावाट बिजुलीको माग छ । त्यसै अनुसार आपूर्ति भइरहेकोले विद्युत कटौती अर्थात लोडसेडीङ हुने अवस्था छैन ।’
तर यी सबै बिजुली नेपाल भित्रै उत्पादन भएको भने होइन । ६३ प्रतिशत बिजुली प्राधिकरण र निजी क्षेत्रका आयोजनाले उत्पादन गरेका हुन् भने बाँकी ३७ प्रतिशत बिजुली भारतबाट आयात गरिएको हो । प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बीबीसीसँग भने, ‘अहिले नेपाल र भारतबीच बिजुली व्यापार र आदानप्रदान सहज भएकोले पनि विद्युत वितरण सहज भएको छ । त्यसैले हामी उपभोक्ताहरूलाई खाना पकाउन बिजुली प्रयोग गर्नुहोस् भन्नसक्ने अवस्थामा पुगेका हौँ ।’ न्यौपानेका अनुसार काभ्रेको बालुवामा हालै गरिएको एक अध्ययनमा विद्युतीय उपकरण प्रयोग गर्ने भान्सामा एलपी ग्यास प्रयोग गर्दाभन्दा खर्च कम भएको पाइएको छ ।
उनले भने, ‘बिजुली प्रयोग गर्दा प्रतिदिन तीन रुपैयाँ सस्तो पर्न गएको पाइयो। वातावरण र स्वास्थ्यमा पुग्ने फाइदा त छँदैछ ।’ विज्ञहरू भन्छन् नेपालमा उत्पादित बिजुलीको उपभोग बढीभन्दा बढी गर्ने हो भने इन्धन र ऊर्जाको लागि नेपालको परनिर्भरता क्रमशः घट्दै जानेछ । नेपाल आयल निगमका अनुसार देशभित्र इन्धन र ऊर्जाको स्रोत नहुँदा गत आर्थिक वर्षमा करिब दुई खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरिएको थियो । आर्थिक वर्ष २०७५–७६ मा नेपाल आयल निगमको आयात एलपी ग्यास ४,२९,६०८ मेट्रिक टन (३ करोड सिलिण्डरभन्दा बढी) आयात भएको थियो ।
निगमका प्रवक्ता वीरेन्द्र गोइत भन्छन्, ‘त्यो (पेट्रोलियम पदार्थ आयात) क्रम वर्षेनी १० प्रतिशत औसतले बढ्दैछ । त्यो घट्ने सम्भावना कम छ । बिजुलीको प्रयोग बढेर त्यसको उपभोग घट्न थाल्यो भने हाम्रो अभिलेखमा देखिन्छ । अहिले त्यस्तो अवस्था छैन ।’ निगमका अनुसार गाडीमा प्रयोग गरिने पेट्रोल र डिजल मात्र होइन, भान्सामा प्रयोग हुने एलपी ग्यासको आयात पनि बढ्दो छ । गत आर्थिक वर्षमा करिब तीन करोड २० लाख सि’लिन्डर भर्न पुग्ने चार लाख २९ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको थियो ।
यसै साता अङ्ग्रेजी साप्ताहिक नेपाली टाइम्समा वातावरणविद् अनिल चित्रकारले विगत १० वर्षमा नेपालमा एलपी ग्यासको आयात चार गुणाले बढेको बताएका छन् । चित्रकार लेख्छन्, ‘एलपी ग्यासको आयात अहिले देशको कुल आयातको २.५ प्रतिशत हिस्सा ओगट्न थालिसकेको छ । बिजुलीको प्रयोग गरेर भात पकाउँदा त्यति धेरै फरक नपर्ला। तर हरेक वाट बिजुलीको महत्त्व छ ।’
बिजुली आपूर्ति अविरल हुने हो भने घर र भान्सामा विद्युतीय उपकरणको प्रयोग बढ्ने सम्भावना देखिन्छ । गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ भन्छिन्, ‘अहिले ग्यास नै बढी प्रयोग भइरहेको छ। तर बिजुली नियमित हुने हो भने सबैले इन्डक्सन चुलोको बढी प्रयोग गर्न थाल्नेछन् ।’ बीबीसी


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया