SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३२ गते
    १२५४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले मनग्गे बिजुली रहेको र उत्पादन बढ्न थालेको भन्दै उपभोक्तालाई घरायसी प्रयोजनमा विद्युत खपत बढाउन आह्वान गरेको छ । प्राधिकरणले उपभोक्तालाई विद्युतीय सवारीसाधन प्रयोग गर्न समेत आग्रह गरेको छ । तर वर्ष भरी बिजुली उत्पादन र आपूर्ति एकैनास नहुने जोखिम कायमै रहेकोले उपभोक्ताहरू सहजै एलपी ग्यास छोडेर विद्युतीय उपकरणतर्फ आकर्षित हुने अवस्था नरहेको जानकारहरू बताउँछन् ।

    जलस्रोत विश्लेषक रत्नसंसार श्रेष्ठका विचारमा प्राधिकरणले आग्रह गर्दैमा उपभोक्ताहरूले आफ्नो ‘भान्साको विद्युतीकरण’ गर्नको लागि थप लगानी गरिहाल्न सक्ने अवस्था छैन । उनी भन्छन्, ‘अहिले बर्खाको बेला भएर बिजुली बढी उत्पादन भइरहेको हो । तर हिउँद तथा सुख्खा याममा बिजुली उत्पादन घट्न जान्छ । त्यो बेला सबैलाई बिजुली पुर्‍याउन कठिन हुन सक्छ । प्राधिकरणका अनुसार अहिले देशभर १३ सय मेगावाट बिजुलीको माग छ । त्यसै अनुसार आपूर्ति भइरहेकोले विद्युत कटौती अर्थात लोडसेडीङ हुने अवस्था छैन ।’

    तर यी सबै बिजुली नेपाल भित्रै उत्पादन भएको भने होइन । ६३ प्रतिशत बिजुली प्राधिकरण र निजी क्षेत्रका आयोजनाले उत्पादन गरेका हुन् भने बाँकी ३७ प्रतिशत बिजुली भारतबाट आयात गरिएको हो । प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बीबीसीसँग भने, ‘अहिले नेपाल र भारतबीच बिजुली व्यापार र आदानप्रदान सहज भएकोले पनि विद्युत वितरण सहज भएको छ । त्यसैले हामी उपभोक्ताहरूलाई खाना पकाउन बिजुली प्रयोग गर्नुहोस् भन्नसक्ने अवस्थामा पुगेका हौँ ।’ न्यौपानेका अनुसार काभ्रेको बालुवामा हालै गरिएको एक अध्ययनमा विद्युतीय उपकरण प्रयोग गर्ने भान्सामा एलपी ग्यास प्रयोग गर्दाभन्दा खर्च कम भएको पाइएको छ ।

    उनले भने, ‘बिजुली प्रयोग गर्दा प्रतिदिन तीन रुपैयाँ सस्तो पर्न गएको पाइयो। वातावरण र स्वास्थ्यमा पुग्ने फाइदा त छँदैछ ।’ विज्ञहरू भन्छन् नेपालमा उत्पादित बिजुलीको उपभोग बढीभन्दा बढी गर्ने हो भने इन्धन र ऊर्जाको लागि नेपालको परनिर्भरता क्रमशः घट्दै जानेछ । नेपाल आयल निगमका अनुसार देशभित्र इन्धन र ऊर्जाको स्रोत नहुँदा गत आर्थिक वर्षमा करिब दुई खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरिएको थियो । आर्थिक वर्ष २०७५–७६ मा नेपाल आयल निगमको आयात एलपी ग्यास ४,२९,६०८ मेट्रिक टन (३ करोड सिलिण्डरभन्दा बढी) आयात भएको थियो ।

    निगमका प्रवक्ता वीरेन्द्र गोइत भन्छन्, ‘त्यो (पेट्रोलियम पदार्थ आयात) क्रम वर्षेनी १० प्रतिशत औसतले बढ्दैछ । त्यो घट्ने सम्भावना कम छ । बिजुलीको प्रयोग बढेर त्यसको उपभोग घट्न थाल्यो भने हाम्रो अभिलेखमा देखिन्छ । अहिले त्यस्तो अवस्था छैन ।’ निगमका अनुसार गाडीमा प्रयोग गरिने पेट्रोल र डिजल मात्र होइन, भान्सामा प्रयोग हुने एलपी ग्यासको आयात पनि बढ्दो छ । गत आर्थिक वर्षमा करिब तीन करोड २० लाख सि’लिन्डर भर्न पुग्ने चार लाख २९ हजार मेट्रिक टन ‌एलपी ग्यास आयात भएको थियो ।

    यसै साता अङ्ग्रेजी साप्ताहिक नेपाली टाइम्समा वातावरणविद् अनिल चित्रकारले विगत १० वर्षमा नेपालमा एलपी ग्यासको आयात चार गुणाले बढेको बताएका छन् । चित्रकार लेख्छन्, ‘एलपी ग्यासको आयात अहिले देशको कुल आयातको २.५ प्रतिशत हिस्सा ओगट्न थालिसकेको छ । बिजुलीको प्रयोग गरेर भात पकाउँदा त्यति धेरै फरक नपर्ला। तर हरेक वाट बिजुलीको महत्त्व छ ।’

    बिजुली आपूर्ति अविरल हुने हो भने घर र भान्सामा विद्युतीय उपकरणको प्रयोग बढ्ने सम्भावना देखिन्छ । गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ भन्छिन्, ‘अहिले ग्यास नै बढी प्रयोग भइरहेको छ। तर बिजुली नियमित हुने हो भने सबैले इन्डक्सन चुलोको बढी प्रयोग गर्न थाल्नेछन् ।’ बीबीसी

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं