
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्मह’त्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो ।
२०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते आत्मह’त्या गरिन् तर त्यसमा न सुसाइड नोट न त मृतकको कुनै पनि बयान, केही पनि थिएन ।
मानवीय त्रुटिका कारण त्यस्तो समाचार छापिन गएको भनी जनआस्था परिवारले माफी माग्दामाग्दै पनि २ वर्षसम्म ज्यानमुद्दा झेल्नपर्यो, रवि लामिछानेहरूले अहिले पनि त्यो प्रकरण बेलाबखत उछालिरहन्छन् । अहिले त स्वयं मृतकले मर्नुअघि दिएको भिडियो बयानमा रविको टिमलाई दोषी किटान गर्दै सजायको माग गरेका छन् । यस प्रकरणमा माफी माग्नु त परै जाओस्, उल्टै मृतकलाई नै लाञ्छित गर्ने काम हुँदैछ ।
मानिस किन यति साह्रो अमानवीय हर्कत गर्छ ? किन कहिल्यै आफ्नो गल्ती स्वीकार्न तयार हुन्न ? जनआस्थासँग सुरक्षित दुईवटै अडियो–भिडियो टेपमा भएको विवरणमा भनिएको छ, ‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने ।
कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पु¥याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु १ रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन ।
दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’ कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्– ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ ।’
आफूमाथि बुनिएको तानाबानाको पोल खोल्दै अगाडि उनी भन्छन्, ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी…कार्कीको पछि लगाए । त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्याइदिएँ ।
पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ । त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ । त्यसबापत मलाई उहा“हरूले त्यही केटीलाई बला’त्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यस्तैगरी बा“चिरहन चाहन्न ।’ नुवाकोट बेलकोटगढी–३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले आत्मह’त्याको बाटो रोजेको विषय राजनीतिक, कानुनी र पत्रकारिता क्षेत्रमा चर्चाको विषय बनेको छ ।
भ्रष्टाचारमा मुछिएका कर्मचारीले एकपछि अर्को गर्दै आत्मह’त्या गरिरहेको श्रृंखलामा पत्रकार पुडासैनीको आत्मह’त्या नितान्त फरक छ । कसैको दबाब र प्रभावमा समेत आत्मह’त्या गरे उक्साउने व्यक्तिलाई सजायँको भागी बनाउनुपर्ने कानुन लागू भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले त्यसरी दुरुत्साहन दिई आत्मह’त्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।
उपदफा (१) मा स्पष्ट भनिएको छ– कसैले कसैलाई आत्मह’त्या गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । अखबारमा फोटो छापिएका भरमा पत्रकारलाई लामो समय यातना दिइएको र नायिका श्रीषा कार्कीले गरेको आत्मह’त्या इतिहासको गर्तमा छ तैपनि जनआस्था टिमले भोगेको पीडा अहिले पनि सेलाइसकेको छैन ।
सर्वोच्व अदालतले राजेश कोइरालासमेतको जाहेरीअन्तर्गत नेपाल सरकारविरुद्ध विपक्षी सिन्धुली ठोकर्पा गाविस–२ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका–७ सिफल बस्ने गोपीकृष्ण न्यौपानेको छोरा तारानाथ न्यौपानेसमेतको मुद्दा (निर्णय नं. १०१४३) मा स्पष्ट व्याख्या गरेको छ । जसमा भनिएको छ, ‘मृतकको पोष्टमार्टम रिपोर्ट हेर्दा, एउटा मात्र घाउको प्रकृति उल्लेख छ । यस प्रकृतिको घटनामा मृत शरीर आफैँले कथा भन्छ । सबै प्रकृतिको ह’त्याको अकाट्य प्रमाण हुन्न ।
आत्मह’त्या गर्दाको मानसिक अवस्था फरक फरक हुने हुँदा त्यसमा एकरूपता खोज्न न्यायोचित हुँदैन ।’ त्यसैगरी, पुनरावेदक र प्रतिवादी गीता सुनारसमेतको जाहेरीले नेपाल सरकारविरुद्ध गोरखा, नाम्जुङ गाविस–२ घर भई काठमाडौं जिल्ला कामपा–१६ बस्ने विष्णु काप्रीसमेतको मुद्दामा (निर्णय नं. १०१४४) प्रतिपादित व्याख्याले अनुसन्धान फितलो गराएर अन्याय गर्ने कार्यलाई रोकेको छ ।
फैसलामा भनिएको छ, ‘जो जसको क्रियाबाट भए पनि व्यक्तिको ज्यान गएको अवस्थामा अनुसन्धान फितलो र कमजोर भएकै कारण कसुरदारले उन्मुक्ति पाउने, पीडितले न्याय नपाउने तथा निर्दोषले सजायँको भागी हुनुपर्ने कुनै पनि विषय कानुनी राज्यमा स्वीकार्य हुन सक्दैन ।
यसतर्फ न्यायका सरोकारवाला सबै सचेत भई अपराधको सूचना, अनुसन्धान, अभियोजन र सुनुवाइ तथा सुनुवाइपश्चातका कार्यान्वयन पक्ष सबै तहमा कानुन र कानुनका मान्य सिद्धान्तको उचित प्रयोग र व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।’
एक वर्षअघि नै जारी भएको मुलुकी अपराध संहिताले आत्मह”त्या गर्न दुरुत्साहन गर्ने प्रवृत्तिलाई रोके पनि आजसम्म यसअन्तर्गत कसैलाई सजायँको भागी बनाइएको छैन । सम्भवतः पत्रकार पुडासैनी आत्मह’त्याको विषय कानुन कार्यान्वयन निकायका लागि पहिलो मुद्दा हुनेछ । यो समाचार जनआस्थाबाट लिइएको हो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया