
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
काठमाडौं, । रोगको सही पहिचानका लागि भरपर्दो रिपोर्ट आवश्यक भए पनि प्रयोगशालापिच्छे फरक–फरक रिपोर्ट आउने गरेको पाइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।
यसकारण, प्रयोगशालाले दिने रिपोर्टमाथिको विश्वसनीयतामै प्रश्न खडा हुन थालेको छ । अनधिकृत रूपमा ल्याब सञ्चालन भइरहेकाले यो समस्या आएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ‘ए’ वर्गमा सात, ‘बी’ वर्गमा २९ वटा, ‘सी’ वर्गमा १ सय ९६ वटा र ‘डी’ वर्गमा ५९ वटा ल्याब दर्ता भएका छन् ।
देशभरका अधिकांश प्रयोगशालाले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । यसकारण, ल्याबको गुणस्तरीयतामाथि नै प्रश्न उठ्न थालेको छ । फार्मेसीपिच्छे ल्याब भए पनि कतिपय ल्याब दर्ता प्रक्रियामा आउन नमान्दा अनधिकृत रूपमा सञ्चालन भइरहेका छन् । स्रोतका अनुसार देशभर ४ हजार ५ सय वटा ल्याब छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले ल्याबको गुणस्तरीयताबारे अनुगमनलाई तीव्र पारिएको बताइन् । उनले भनिन्, ‘औषधि व्यवस्था विभाग र स्थानीय तहसँग सहकार्य गरेर औषधि पसलका ल्याबको अनुगमन गर्ने संयन्त्र बनाउने योजना बनाएका छौं । छिट्टै अनुगमन गर्ने तयारीमा छौं ।’उनले ‘ए’ र ‘बी’ वर्गका ल्याब केन्द्रले र ‘सी’ र ‘डी’ वर्गमा पर्ने ल्याबको स्वास्थ्य निर्देशनालयले हेर्ने गरी क्षेत्राधिकार छुट्याइएको बताइन् ।
केही दिनअघि सुर्खेतका अस्पतालका ल्याबको अनुगमनको क्रममा न्यूनतम मापदण्ड नपुगेका पाँच वटा ल्याबलाई कारबाही गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार ल्याब दर्ता नहुँदा एउटै बिरामीको रिपोर्ट प्रयोगशालापिच्छे फरक–फरक आउने गरेको छ ।उनले भने, ‘दर्ता नभएका ल्याबहरू धमाधम चलिरहेका छन् । त्यस्ता ल्याबलाई कारबाही गर्ने अधिकार हामीसँग छैन ।’
उनले दर्ता भएका ल्याबको केन्द्रीय प्रयोगशालाले ‘क्वालिटी कन्ट्रोल’ गर्ने र ल्याबको गुणस्तरीयताबारे सुझाव दिने काम गरिरहेको बताए ।
उनले सबै प्रयोगशालामा परीक्षणपश्चात् रिजल्ट लेख्ने युनिटहरू एकै किसिमको लागू गर्न आवश्यक रहेको बताए । सबै ल्याबले अन्तर्राष्ट्रिय स्तरको एउटै विधि लागू गरे नेपालभरका ल्याबको रिपोर्ट एकै प्रकृतिको आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बताउँछ । उटै विधिबाट रिपोर्ट आए रिपोर्टले मान्यता पाउने र त्यसको गुणस्तरीयता बढ्ने बताइएको छ । प्रयोगशालामा प्रयोग गरिने केमिकलको मापदण्ड सरकारी निकायबाट तोकिनुपर्ने भए पनि त्यसो हुन सकेको छैन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सबै प्रयोगशालाका गुणस्तर र मापदण्ड नियमित रूपमा अनुगमन गरिने भएको हुनाले प्रयोगशालाअन्तर्गतको बाह्य गुणस्तर नियन्त्रण प्रक्रियामा सम्पूर्ण प्रयोगशाला सामेल हुनुपर्ने प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाका अनुसार ‘ए’ समूहमा पर्ने प्रयोगशालामा अति विशिष्ट प्रयोगशाला सेवा प्रदान गरिन्छ । यी प्रयोगशाला सरकारी÷स्वायत्त र केन्द्रीय तहका सरकारी अस्पतालमा आधारित हुने निर्देशिकामा उल्लेख छ ।
‘बी’ समूहका प्रयोगशालाअन्तर्गत ५१ देखि २ सय बेडसम्मका जनरल अस्पताल, सबै अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालमा आधारित प्रयोगशाला पर्छन् । ‘सी’ समूहका प्रयोगशालाअन्तर्गत ५० बेडसम्मका जनरल अस्पतालमा आधारित प्रयोगशाला पर्नेछन् । वैदेशिक रोजगारमा जाने कामदारको परीक्षण गर्ने प्रयोगशालाको हकमा भने ‘सी’ समूहका प्रयोगशालाको मापदण्ड पूरा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । ‘डी’ समूहका प्रयोगशालाअन्तर्गत सरकारी स्तरमा प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला पर्छन् ।
‘ई’ समूहका प्रयोगशालामा सरकारी स्तरमा हेल्थ पोस्टमा आधारित प्रयोगशाला पर्छन् ।अनुगमनका क्रममा मापदण्ड नपुगेको पाइएमा एक महिनाको अल्टिमेटम दिइने र सो समयमा पनि मापदण्ड नपुगे ग्रेड घटुवा गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । ठूला निजी अस्पतालले ल्याबका लागि दर्ता हुन नआएको प्रयोगशालाले जनाएको छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया