SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/६ गते
    ४५३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका गृहमन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजालको बयान जारी छ। शनिबार दिउँसो उनीहरू दुबै जनाको छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

    ‘दुबै जनाको बयान जारी छ। करिब एक घण्टादेखि छुट्टाछुट्टै बयान भइरहेको हो,’ उनले भने। समितिका अध्यक्ष मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। त्यही दिन उनीहरूलाई म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो। प्रहरीले उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरेको हो।

    मियाँ हाल हिरासतमै रहेका एमाले सांसद टोपबहादुर रायमाझी निकट छन्। उनकै प्रस्तावमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले उनलाई अध्यक्ष बनाएका थिए। त्यसपछि पनि उनैको प्रस्तावमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले पनि कार्यकाल थपिदिएका थिए। उनले चढ्ने सरकारी गाडी समेत यस प्रकरणमा प्रयोग भएको पाइएको हो। जसकारण उनको पनि संलग्नता खुलेको थियो। यस्तै रिजालको पनि आर्थिक लेनदेन एवं संलग्नता भएको भन्दै पक्राउ गरिएको थियो। शुक्रबार प्रहरीले उनीहरू दुबैमाथि सोधपुछ गरेको थियो। प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ। यसको अनुसन्धान चैत १२ गतेदेखि सुरू भएको थियो। अहिलेसम्म १६ जना प्रहरी हिरासतमा छन्। जसमा रायमाझी, खाण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई लगायत उच्च राजनीतिक व्यक्तिहरूको समेत संलग्नता देखिएको हो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं