SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/७ गते
    ४२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल गराउने भएको छ । क्षेत्रगत विज्ञहरुको राय सुझावले नीति निर्माणमा मद्दत पुग्ने भएकाले विभिन्न पक्षको धारणा सुन्न लागिएको रास्वपा सांसद मनिष झाले जानकारी दिए । मंगलबार अर्थतन्त्रका पक्षमा उद्योगी व्यवसायीसँग राय लिन लागिएको छ । समाजका विभिन्न पक्षका सरोकारवालासँग हामीले अध्ययन गर्न लागेका हौं’, झाले अनलाइखबरसँग भने, ‘उद्योग वाणिज्य महासंघको कुरा आज (मंगलबार) सुन्छौं ।’ अर्थतन्त्रको जटिल अवस्थामा राजनीतिक दल र प्रतिनिधिसभा सदस्यको भूमिकाका बारेमा महासंघसँग राय लिने झाले बताए ।

    बुधबार उद्योग परिसंघ र चैत १२ मा बैंकर्स संघका पदाधिकारीसँग अन्तर्क्रिया गर्ने रास्वपाले जनाएको छ । अर्थतन्त्रपछि अन्य फरक क्षेत्रको विषयमा नेता र सांसदलाई प्रशिक्षित गरिने भएको छ । विषयगत विज्ञहरुका धारणा सुन्ने कार्यलाई प्राथमिकतामा राखिने झाले बताए । पार्टीले केन्द्रीय सदस्य तथा सांसदहरुलाई प्रशिक्षित गर्नका लागि उक्त अवधारणा ल्याइएको हो । ‘हामीले नबुझेका कुरा सोध्ने र प्रशिक्षित हुने हो । पार्टीका नेता तथा सांसदहरुले अध्ययनको दायरा बढाउने अवधारणा हो’, झाले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं