SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१२ गते
    ६४८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आवद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति भएको छ । सहमतिअनुसार गठबन्धन आवद्ध नेपाली कांग्रेसले ७ मन्त्रालय लिनेछ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले ६÷६ मन्त्रालय लिने सहमति भएको छ ।

    ‘गठबन्धन आवद्ध दलबीचमा कांग्रेसले कूल ७, माओवादी, नेकपा एस र जसपाबीच समान रुपमा १ राज्यमन्त्रीसहित ६÷६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ,’ गठबन्धनका एक शीर्ष नेताले भने ।संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कूल २५ मन्त्री राख्न पाउँछन् ।

    ‘मन्त्रालयको भागबण्डा केही दिनअघि नै टुंगिएको हो, सम्भवतः बुधवार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ, कांग्रेसले कूल ७, माओवादी, नेकपा एस र जसपाले समान रुपमा १ राज्यमन्त्रीसहित ६÷६ मन्त्रालय लिने गरी सहमति जुटेको हो,’ ती नेताले भने ।असार २९ गते सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल १ राज्यमन्त्रीसहित ६ जना मन्त्री छन् ।

    सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।मन्त्रालयको भागबण्डामा सहमति जुटेसँगै गठबन्धन आवद्ध दलबाट प्रधानमन्त्रीलाई मन्त्रीको सूची बुझाउनेक्रम समेत सुरू भएको छ । नेकपा एसका तर्फबाट मन्त्री बन्नेहरूको सूची सोमवार नै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई बुझाएका छन् । हाल कांग्रेसबाट प्रधानमन्त्रीसहित ३ फुलमन्त्री र १ राज्यमन्त्री गरी ५ जना सरकारमा रहेका छन् । माओवादी केन्द्रबाट सरकारमा २ मन्त्री रहेका छन् ।सहमतिअनुसार अब कांग्रेसले ३ मन्त्रालय पाउने छ । यससहित कांग्रेसको भागमा ६ फुल मन्त्री र १ राज्यमन्त्री रहनेछन् तर राज्यमन्त्रीको फुलमन्त्रीमा बढुवा हुने सम्भावना समेत बढेको छ ।

    माओवादी केन्द्रले अब ३ फुलमन्त्रीसहित १ राज्यमन्त्री गरी ४, माधव नेपाल नेतृत्वको दल नेकपा एसले १ राज्यमन्त्रीसहित ६, उपेन्द्र यादव नेतृत्वको दल जसपाले पनि १ राज्यमन्त्रीसहित ६ मन्त्रालय पाउने छ ।बालुवाटार स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुने भएको छ । सरकारमा हाल कानूनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्री बनाउने प्रधानमन्त्री देउवाको आन्तरिक तयारी रहेको छ ।

    स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर अन्य मन्त्रालयमा फुल मन्त्री बनाउने सम्भावना रहेको छ । कानून मन्त्रालय कांग्रेसकै भागमा हुनेछ । सो मन्त्रालयको जिम्मेवारी भने नेत्री पुष्पा भुसाललाई दिने तयारी रहेको छ ।प्रधानमन्त्री देउवाले आफ्नै दल कांग्रेस र माओवादीबाट सोही दिन २÷२ मन्त्री नियुक्त गरेका थिए । त्यसपछि उनले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई साउन १० गते सरकारमा ल्याएका थिए । त्यसपछि केही दिनअघि मात्रै देउवाले आफ्नै दलबाट परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई सरकारमा भित्र्याएका छन् ।

    सत्ता गठबन्धन आवद्ध दलहरुबीच भएको सहमति अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भागमा ७ मन्त्रालय परेको छ । कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण रहेका छन् । कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा. नारायण खड्का रहेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् । अब कांग्रेसले ३ फुल मन्त्री पाउने भएको छ ।

    जसमा कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बडु मन्त्री बन्ने पक्का जस्तै रहेको छ ।पौडेल समूहबाटै कांग्रेस महामन्त्री रहेका डा. शशांक कोइरालानिकट नेता डा. मीनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदैछ । यसअघि खड्कालाई मन्त्री बनाउँदा पार्टीभित्र छलफल नभएको भन्दै पौडेल पक्ष आक्रोशित भएपछि देउवा सो समूहलाई २ मन्त्री दिन तयार भएका स्रोतले जनाएको छ ।कांग्रेस भित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये १ जना मन्त्री बन्नेछन् तर सिटौलाले सोमवार राति अबेरसम्म प्रधानमन्त्रीलाई कसैको पनि नाम दिएका छैनन् ।

    प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो पक्षबाट पुष्पा भुसालको समेत मन्त्री बन्ने सम्भावना रहेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएका छन् । प्रधानमन्त्री देउवानिकट नेता मीन विश्वकर्माले गठबन्धन आवद्ध दलबाट उपप्रधानमन्त्री बनाउँदा उपप्रधानमन्त्री धेरै राख्नुपर्ने बाध्यताका कारण प्रधानमन्त्री देउवा सरकारमा उपप्रधानमन्त्री राख्न अनिच्छुक देखिएका बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीले सरकारमा यसपटक उपप्रधानमन्त्री राख्न चाहनुभएको छैन, ३ दलबाट ३ जना उपप्रधानमन्त्री बनाउन उहाँ इच्छुक हुनुहुन्न ।’ सरकारले दल विभाजनलाई सहज बनाउने गरी ल्याएको अध्यादेश खारेज भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश खारेज गरेकी छन् ।

    सोमवार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय र सिफारिसअनुसार संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ख बमोजिम अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पु¥याए दल विभाजन गर्न सकिने गरी गत भदौ १ गते राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ ल्याएको थियो । सो अध्यादेशलाई राष्ट्रपतिले भदौ २ गते जारी गरेकी थिइन् ।राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेको छ ।

    सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजनसम्बन्धी सरकारले ल्याएको अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि खारेज भएको छ ।सत्ता गठबन्धन आवद्ध दल जसपाले अध्यादेश फिर्ता नभएसम्म सरकारमा नजाने अडान लिएको थियो । जसपाको अडानपछि सरकारले अध्यादेश फिर्ता लिएको छ ।अध्यादेश फिर्ता नभई मन्त्रिपरिषद् विस्तार भए असन्तुष्ट नेताहरुले फेरि दल फुटाउने डर सत्ता गठबन्धनमा बढ्दै गएपछि खारेज गरिएको हो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं