SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/६ गते
    ८४० &#२३४६;&#२३३५;&#२३२५;

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए । बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको उनले बताए ।

    वडाध्यक्ष सुनारले अनलाइनखबरसँग भने, ‘करिब १०ः०४ बजेतिर वडा कार्यालयकै ल्याण्डलाइनबाट फोन आयो । मैले फोन रिसिभ गरें । फोन रिसिभ हुनेबित्तिकै तपाईं कार्यकक्षमा आउनु पर्दैन भन्दै ती युवक कडकिए ? डुलिडुली खाने ? भनेर धम्की दिन थाले । मैले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ, बस्दै गर्नुस् न, यदि हतार नै हो भने यही होटेलमै आउनुस् भनेर फोन राखें ।’ वडाध्यक्ष सुनारले अगाडि भने, ‘उनले फेरि फोन गरे, तपाईं आउनुहुन्छ कि तपाईंको कार्यालय जलाइदिम ? भनेर धम्की दिए । र, फोन काटे । त्यसलगतै मैले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन भने । त्यसको १० मिनेटपछि त वडा कार्यालयमा आगजनी भएको खबर आयो । तिनै व्यक्तिले कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन् ।’

    प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । आपूु पनि घटना स्थल मै भएको र लामिछानेको खोजीकार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । घटननाबारे थप अनुसन्धान भइरहेको उनले बताए । नगरप्रमुख देवकुमार सुवेदीले लगायतको टोलीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं