SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२६ गते
    १३७७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या डेढ महिनायताकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । यसअघि गत असार ९ गते एकैदिन ८१ जना संक्रमितको मृत्यु भएको थियो । त्यसयता कोरोना संक्रमणबाट हुने मृत्यु संख्या लगातार घटेर असार २९ गते १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

    त्यसपछि भने संक्रमितको मृत्यु पुनः बढ्दै गएको छ । साउन १ गते एकैदिन ४३ जनाको मृत्यु भएको थियो । त्यसयता दैनिक मृत्यु हुने संक्रमित संख्या १६ देखि ३७ को बीचमा रहेको थियो । तर आइतबार एकैदिन ५५ जना संक्रमितको मृत्यु भएपछि दैनिक मृत्यु हुनेको संख्या पनि बढ्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । शनिबार भने कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणको दोस्रो लहर उत्कर्षमा रहेका बेला जेठ ५ गते एकैदिन सबैभन्दा बढी २४६ जना संक्रमितको मृत्यु भएको थियो ।

    किन बढ्यो मृतक संख्या ?

    पछिल्लो समय कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा बिरामीको चाप पनि बढ्दै गएको छ । अस्पतालमा जटिल अवस्थाका संक्रमितको संख्या बढेकाले मृत्यु पनि बढेको संक्रामक रोग विशेष डा. शेरबहादुर पुनले बताए । यो भेरियन्ट धेरै संक्रामक छ । सामान्य हो भन्दै घर बसेकाहरु धेरै जटिल बनेपछि मात्रै अस्पताल आउने गरेको पाइएको छ । यसले गर्दा संक्रमितलाई बचाउन गाह्रो भएको छ । त्यसैको कारण मृत्युको संख्या बढेको हुन सक्छ’ डा. पुन भन्छन् । पहिलो र दोस्रो लहरमा अपनाइएको उपचार पद्धतिको समीक्षा गर्दै उपचार पद्धतिलाई नै परिमार्जन गर्न तर्फ सोच्नुपर्ने हो कि भन्ने अवस्था आएको उनको बुझाइ छ । लामो समयसम्म उपचार पाउँदा पनि केही संक्रमितहरुलाई बचाउन नसक्नुले चिकित्सकहरुलाई यसतर्फ सोच्न बाध्य बनाएको उनको तर्क छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं