SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२९ गते
    ९८९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब काम सच्याएर अघि बढ्न नयाँ सरकारलाई सुझाव दिएका छन् ।

    सर्वाेच्च अदालतको फैसलापछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

    नेता सिंहले ओलीले गरेका खराब कामलाई नयाँ सरकारले सच्याउनुपर्ने बताए ।

    ‘तीन वर्षमा ओलीले गलत शासनका नाममा फोहोर डंगुर थुप्रिएको छ,’ मंगलबार धुलिखेलमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘ओलीले जति पनि खराब काम गरेका छन्, त्यसलाई करेक्सन गरेर नयाँ सरकार जानुपर्दछ ।’

    उनले ओली सरकारको गलत कामको भारी बोकिरहे कांग्रेसलाई आउँदो निर्वाचनमा घाटा हुने बताए ।

    नेता सिंहले ओलीको अधिनायकवादी शैलीविरुद्ध उभिन निरन्तर दवाव दिएपछि देउवा प्रधानमन्त्री बन्ने अवस्था आएको उल्लेख गरे ।

    ‘उहाँ (देउवा) त शुरुमा चुपचाप हुनुहुन्थ्यो, हामीले नै ओलीको अधिनायकवादविरुद्ध उभिन घचघच्याएपछि आज यो अवस्था आएको हो,’ उनले भने, ‘पार्टी सञ्चालनप्रति देउवासँग हाम्रो असन्तुष्टि हो ।

    तर संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सरकारमा सहभागी हुनुपर्ने आवश्यकता आयो ।’नेता सिंहले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने दावी गरे ।

    महाधिवेशनबारे विभिन्न भ्रम फैलाउने काम भइरहेको भन्दै संवैधानिक व्यवस्था अनुसार पनि तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं