SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२४ गते
    ७६३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताएका छन् । बिहीबार पत्रकारसँगको कुराकानीमा महामन्त्री कोइरालाले विभिन्न जिल्लाबाट उजुरी आएको भन्दै असारभित्र क्रियाशील सदस्य टुंगो नलागे महाधिवेशनप्रति आशंका पैदा हुने बताए ।

    ‘क्रियाशील सदस्य यो महिनाभित्र टुंग्याउन सकिएन भने त आशंका भइहाल्यो नि । ४६ जिल्ला भइसक्यो त्यसमा पनि उजुरीहरु आएको छ त्यसलाई पनि हेर्नुपर्‍यो,’ उनले भने, ‘तसर्थ अहिलेको अवस्थामा टाइममै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहिं छ ।’

    उनले क्रियाशील सदस्यको विवाद टुंगो लगाउन भरमग्दुर प्रयास गरिरहेको पनि बताए । क्रियाशील सदस्य टुंगो नलगाइकन महाधिवेशनमा जान नसकिने कोइरालाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं