
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा,। पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हाम्रो इको नेक्स्ट टेक्नोलोजी प्रा.लि.ले चार सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सौजन्य स्वरूप प्रदान गरेको छ । जिल्ला खेलकुद विकास समिति, कास्कीको आयोजनामा रङ्गशाला परिसरमा सञ्चालित वृक्षारोपण कार्यक्रमअन्तर्गत उक्त मल हस्तान्तरण गरिएको हो । रङ्गशालालाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, खेल सम्बद्ध संघ–संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रमुख, प्रदेश सभासद् तथा खेलप्रेमी समाजसेवीहरूको सहभागितामा वृक्षारोपण अभियान निरन्तर चलिरहेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीले वृक्षारोपण गरिएका बिरुवाहरूलाई व्यवस्थित रूपमा हुर्काउन र मलजल गर्न समाजसेवी गोपाल गुरुङ र खेलप्रेमी समाजसेवी राजेन्द्र बहादुर थापाको समन्वयकारी भूमिकाको प्रशंसा गरे । सोही समन्वयका आधारमा हाम्रो इको नेक्स्ट टेक्नोलोजीका सञ्चालक राजेश गौतम (राजु)ले समिति परिसरमै पुगी जिल्ला खेलकुद बिकास समिति कास्कीको अध्यक्ष मिलन गुरुङ सहितका पदाधिकारीहरुलाई मल हस्तान्तरण गरेका थिए ।
मल हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले व्यवसायी राजेश गौतमले हरियाली वृक्षारोपण अभियानमा प्राङगारिक मल प्रदान गरी सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
मल हस्तान्तरणपछि बोल्दै हाम्रो इको अर्गानिक मलका उत्पादक राजेश गौतम (राजु)ले पोखराको एकमात्र अन्तर्राष्ट्रियस्तरको रङ्गशालालाई हरियाली बनाउने पवित्र उद्देश्यमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । “हामीले रोपेका बिरुवाहरूलाई मानिसलाई जस्तै उचित पोषण र हेरचाहको आवश्यकता पर्छ । रासायनिक मलको बढ्दो प्रयोगले माटो मरुभूमीकरण भइरहेको र मानव स्वास्थ्यमा पनि असर परिरहेको अवस्थामा माटोलाई बचाउनु हाम्रो दायित्व हो,“ गौतमले भने ।
गौतमले यो मल गाईको मल, हड्डीको धुलो, पिना तथा निम, बकाइनो, पातीजस्ता जडीबुटीहरू मिसाएर तयार पारिएको र यसमा नाइट्रोजन, फस्फोरस लगायत बिरुवालाई चाहिने सम्पूर्ण आवश्यक तत्वहरू विद्यमान रहेको जानकारी दिए । विगत १० वर्षदेखि यो क्षेत्रमा क्रियाशील गौतमले ’गण्डकी प्रदेशको शान, इको मलको वरदान – इको अर्गानिक मल प्रयोग गरौँ, माटोलाई मरुभूमीकरण हुनबाट बचाऔं’ भन्ने नाराका साथ व्यवसाय सञ्चालन गर्दै आएको र आगामी ५ वर्षभित्र सम्पूर्ण गण्डकी प्रदेशलाई नै प्राङ्गारिक (अर्गानिक) बनाउने अभियानमा अगाडि बढेको बताए ।
यसैविच रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानमा ब्रिटिश क्याम्प काठमाण्डौमा कार्यरत मेजर सूर्य गुरुङको परिवारले समेत सहभागीता जनाएका छन । गुरुङको परिवारले वृक्षारोपण अभियानमा जापानिज कटुस, एभोकाडो, जामुन प्रजातिका विरुवाहरु रोपेका थिए । गुरुङले प्राकृतिक विपत्तिको वेलामा समेत सहयोग गर्दै आइरहेको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डिबि नेपालीले जानकारी दिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया