News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

    शिशिर पाैडेल पोखरा । शुक्ला साहित्य प्रतिष्ठान, पोखराले २ सय १३ औं भानु जयन्ति साहित्यिक कार्यक्रम गरी मनाएको छ ।बिगतका बर्षदेखि नै निरन्तर रुपमा बिभिन्न कार्यक्रम गरी भानु जयन्ति मनाउँदै आएको प्रतिष्ठानले यस पटक आदिकवि भानुभक्त सर्मपित कविता बाचन गरि मनाएको प्रतिष्ठानका सहसचिव संजय थापाले जानकारी दिए ।

    कार्यक्रमको उद्घाटन गर्दै कवि एवं प्रतिष्ठानका पुर्व अध्यक्ष नेत्रबहादुर बानियाँले आदिकवि भानुभक्त आचार्यको कवित्व तथा व्यक्तित्वको चर्चा गर्दै, आचार्य नेपाली भाषा र साहित्यको युग नायक भएको बताए । उनले आचार्यद्वारा लिखित भानुभक्तिय रामायणका श्लोक पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका संरक्षक कुञ्जराज थापा , मानार्थ सदस्य कुलबहादुर खत्री, पुर्व अध्यक्ष हरिबहादुर बरुवाललगायतले साहित्यको थप विकास र विस्तारका लागि राज्यले नै योजना बनाउन सके मात्र आदिकविप्रति सच्चा स्मरण हुने बताए । पुर्व अध्यक्ष बरुवालले रामायण वाचन समेत गरेका थिए ।

    प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कवि छविलाल आचार्य, इन्दु भट्टराई, पत्रकार यदुनाथ बञ्जराले कविता वाचन गरेका थिए । प्रतिष्ठानका वरिष्ठउपाध्यक्ष गीता भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव संजय थापाले गरेका थिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया