
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत, । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा ५२ वर्षीया महिला सन्तु नेपाली (सोमकुमारी नेपाली) को हत्या तथा सुन लुटपाट प्रकरणको रहस्य प्रहरीले खुलाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २८ वर्षीय कुशल पुरीलाई सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवका अनुसार पुरानो चिनजान र विश्वासको सम्बन्धलाई प्रयोग गर्दै पुरीले योजनाबद्ध रूपमा सन्तु नेपालीको हत्या गरेका हुन्। प्रारम्भिक अनुसन्धानबाट आर्थिक लाभका लागि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।
यसरी भयो घटना
प्रहरीका अनुसार जेठ ७ गते बेलुका कुशल पुरी मृतक सन्तु नेपालीको घरमा पुगेका थिए। दुवैले राति करिब ११ बजेसम्म सँगै बसेर मदिरा सेवन तथा चुरोट सेवन गरेका थिए। त्यसपछि पुरी आफ्नै घर फर्किएका थिए।
तर घर पुगेपछि उनले सन्तु नेपालीले लगाएका सुनका गरगहना लुट्ने योजना बनाए। आफ्नी श्रीमतीले प्रयोग गर्ने नक्कली सुनको सिक्री लिएर राति करिब २ बजे पुनः सन्तु नेपालीको घर पुगेका पुरीले कोठाभित्र प्रवेश गरी बाँसको बिँड (कोदालोको बिँड) प्रयोग गरेर टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको दाबी छ।
हत्या गरेपछि उनले मृतकको घाँटीमा रहेको सुनको सिक्री तथा कानमा लगाएका १० वटा सुनका मुन्द्रा निकालेर लगेका थिए। लुटिएको सुनको स्थानमा आफूले साथमा ल्याएको नक्कली सुनको सिक्री मृतकको घाँटीमा लगाइदिएको बयान अभियुक्तले दिएको प्रहरीले जनाएको छ।
घटनालाई दुर्घटना जस्तो देखाउने प्रयास
हत्या पश्चात् पुरीले घटनालाई दुर्घटना वा आत्महत्या जस्तो देखाउने प्रयास गरेका थिए। प्रहरीका अनुसार उनले कोठाभित्र रहेको ग्यास सिलिन्डरको रेगुलेटर खोलेर ग्यास चुहिने अवस्था बनाएका थिए। साथै अण्डाको खाली क्यारेटमा आगो लगाई घरभित्र आगलागी भएको आभास दिने प्रयास गरिएको थियो।
त्यति मात्र नभई घटनास्थलमा रहेका विभिन्न प्रमाण मेटाउन मृतकको शरीर, भुइँ तथा ओछ्यानमा रहेका रगतका दाग पुछ्ने प्रयास गरिएको थियो। घटनालाई थप रहस्यमय बनाउने उद्देश्यले कोठाको ढोका भित्रबाट बन्द गरिएको जस्तो देखाउने उपाय समेत अपनाइएको प्रहरीको भनाइ छ।
बिहान शव फेला, अनुसन्धान सुरु
जेठ ८ गते बिहान ७ बजेर ४५ मिनेटमा सन्तु नेपाली आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। घटनास्थलको प्रकृति, हराएका गरगहना तथा शंकास्पद गतिविधिका आधारमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्वतसँगै गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रदेश प्रहरी कार्यालय पोखराबाट समेत प्राविधिक सहयोग लिएर अनुसन्धान गरिएको थियो।
दैनिकी विश्लेषणबाट पक्राउ
घटनापछि कुशल पुरीको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनको दैनिकी, सम्पर्क र आवतजावतको सूक्ष्म विश्लेषण गरेको थियो। अनुसन्धानको दायरा फराकिलो बनाउँदै खोजतलास तीव्र पारिएको थियो।
यसै क्रममा जेठ २६ गते मोदी गाउँपालिका–५ पातिचौरस्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउपछि गरिएको सोधपुछमा उनले अपराध स्वीकार गरेको प्रहरीको दाबी छ।
सुन किन्ने व्यवसायी पनि अनुसन्धानमा
प्रहरीका अनुसार लुटपाट गरिएका गरगहनामध्ये सुनको सिक्री र केही सुनका मुन्द्रा कुश्मा नगरपालिका–५ का सुनचाँदी व्यवसायी रमेश कुमार श्रेष्ठलाई बिक्री गरिएको खुलेको छ। प्रहरीले श्रेष्ठको घर तथा पसलमा खानतलासी गर्दा केही गरगहना बरामद गरेको जनाएको छ।
घटनामा प्रयोग भएका तथा लुटिएका गरगहनासँग सम्बन्धित प्रमाण फेला परेपछि श्रेष्ठलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
थप अनुसन्धान जारी
बागलुङ नगरपालिका–५ बिनामारे घर भई विगत केही वर्षदेखि फलेवास–५ खानीगाउँमा बस्दै आएकी सन्तु नेपालीको हत्या प्रकरणले जिल्लाभरि सनसनी फैलाएको थियो। प्रहरीले कुशल पुरीविरुद्ध कर्तव्य ज्यान तथा डाँका चोरीसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको जनाएको छ भने सुन खरिद गर्ने व्यवसायीमाथि समेत कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरी प्रमुख विजय यादवले वैज्ञानिक अनुसन्धान, प्राविधिक विश्लेषण तथा अभियुक्तको गतिविधिको निरन्तर निगरानीका कारण जघन्य अपराधको रहस्य छोटो समयमै खुलाउन सफल भएको बताउनुभयो। घटनाको थप अनुसन्धान पूरा हुने क्रममा रहेको प्रहरीले जनाएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया