
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत। पर्वतको कुश्मामा रहेर जिल्लामा नै सबैभन्दा बढी विद्यार्थी रहेको नारायण माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बुधवार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा एक वर्षको अवधिमा विद्यालयले हासिल गरेका उपलब्धिका विवरणहरू सार्वजनिक गर्दै तथा ती उपलब्धि प्राप्त गर्न योगदान गरेका विद्यार्थी र शिक्षकहरूलाई सम्मान गर्दै वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभाका सदस्य तथा विद्यालयका संस्थापक अमृतप्रसाद जोशीका छोराका रूपमा आफ्नो मन्तव्य राख्दै अर्जुनप्रसाद जोशीले विद्यालयले गरेको प्रगतिको बारेमा खुसी व्यक्त गरे । दशकौँअघि आफूहरूले घरबाट गुन्द्री ल्याएर विद्यालयमा आएर अध्ययन गर्ने अनि बेलुका फर्किने बेलामा गुन्द्री बोकेर घरमै लैजाने, छाना नभएको, भवन नभएको, संरचनाविहीन विद्यालयको स्मरण गर्दै उनले आजको सुविधायुक्त विद्यालयको प्रशंसा गरे । विद्यालयले साबिकको धौलागिरि अञ्चलमा नै उत्कृष्ट नतिजा ल्याउने गरेको, विज्ञान सङ्काय चलाइरहेको तथा सूचना प्रविधिको प्रयोगमा जोड दिएकोमा उनले खुसी व्यक्त गरे । खेलकुददेखि कक्षाकोठामा हुने सिकाई क्रियाकलापमा नारायण मा.वि.का विद्यार्थीहरू सधैँ उत्कृष्ट हुने गरेको भन्दै उनले सामुदायिक विद्यालयको साखलाई यही विद्यालयले जोगाएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै विद्यालयका पूर्व विद्यार्थी तथा अन्तर्राष्ट्रिय पर्वत समाजका पूर्व अध्यक्ष पुरन गिरीले विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाउन तथा बालबालिकाहरूको अध्ययनमा सघाउनको लागि स्मार्ट बोर्ड सौजन्य गर्ने घोषणा गर्नुभएको छ । आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक गुणस्तरलाई अझै राम्रो बनाउनको लागि आफूले उक्त बोर्ड उपलब्ध गराउने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । जिल्लाभरमा हरेक वर्ष अत्यधिक विद्यार्थी सङ्ख्याका साथमा उत्कृष्ट नतिजा ल्याउने गरेको बताउनुभयो । आफूहरू शैक्षिक गुणस्तर कायम गरी सामान्य विद्यार्थीहरूलाई पनि अब्बल विद्यार्थीको रूपमा तयार गर्नका लागि हरबखत प्रयास गरिरहेको उल्लेख गर्नुभयो । विद्यालयकी लेखा कर्मचारी सदीक्षा आचार्यले वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति, विभिन्न परीक्षा, प्रतियोगिता र खेलकुदका पुरस्कार तथा मेडलहरू पनि वितरण गरिएको छ ।
सोही अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक विनोद सुवेदी, चक्रपाणि शर्मा, परीक्षा संयोजक दयाशङ्कर उपाध्याय, गोविन्द ढकाल, करन रोका, गीता रिजाल, गीता अधिकारी र कर्मचारी लालबहादुर क्षेत्रीलाई सम्मान गरिएको छ । यस्तै, पूर्व विद्यार्थी तथा अन्तर्राष्ट्रिय पर्वत समाजका पूर्व अध्यक्ष पुरन गिरी, पूर्व विद्यार्थी तथा चण्डिका सशस्त्र प्रहरी गणका निरीक्षक केशव शर्मा, कुश्मा नगरपालिकाका पूर्व शिक्षा अधिकृत अर्जुन पौडेल, पूर्व विद्यार्थी समाजका संयोजक तथा कालीगण्डकी एकेडेमीका प्रिन्सिपल वसन्तकुमार कर्माचार्य, पूर्व विद्यार्थी समाजका पूर्व संयोजक हितकाजी गुरुङ, मनुराज श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मोतीलाल चपाई, अक्षयकोषदाता पाण्डव श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका सदस्य शुक्रमणी शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य मुक्तिराम शर्मा तथा विद्यार्थीतर्फ अञ्जली नेपाली, प्रवेश रिजाल, प्रेरणा पौडेल र सावित्री पौडेललाई सम्मान गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य निर्मला कुमारी शर्मा, विद्यालयका पूर्व विद्यार्थी तथा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्मा, विद्यालयका पूर्व प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष वसन्त बहादुर सी.के, पूर्व प्रधानाध्यापक पृथ्वीनारायण शर्मा, साहित्यकार शान्तिनारायण श्रेष्ठ, विद्यालयका सहायक प्रधानाध्यापक विनोद सुवेदी, विद्यार्थीको तर्फबाट सुप्रिमा चापागाईँ, निशान्त गदाल, सन्तोष पौडेल, विमोचन शर्मा लगायततले बोल्नुभएको थियो ।
कार्यक्रम समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले विद्यालयको बृहत्तर विकासका लागि आफूहरूले निकै प्रयास गरिरहेको बताउनुभयो । विद्यालयका पूर्व विद्यार्थीहरू सहित सरोकारवाला व्यक्तिहरूबाट प्राप्त भइरहेको सकारात्मक भूमिकामा आफूहरू खुसी रहेको बताउँदै उहाँले आगामी दिनमा सहयोगको अपेक्षा गरिरहेको उल्लेख गर्नुभयो । अध्यक्ष शर्माकै अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक अभिभावक सङ्घका अध्यक्ष दीपक अधिकारीले गर्नुभएको थियो भने सञ्चालन शिक्षक अच्युत पौडेलले गर्नुभएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया