
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
दार्चुला । २०७८ देखि यहाँको एक रेडियोमा कार्यरत सारंगी खत्री आसन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन प्रहरीको रूपमा पनि खटिएका छन् । अरु बेला रेडियोमा समाचार वाचन, कार्यक्रम प्रस्तोता र प्राविधिकका रूपमा काम गरेर नागरिकलाई सूचना प्रवाह गर्दैआएकी खत्री निर्वाचन प्रहरीमा भर्ना भएपछि जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलंगामा खटाएको छ ।
प्रहरीले खलंगामै खटाएपछि खत्रीले एफएमको ड्युटी पनि जारी राख्न पाएकी छन् । बिहान ५ बजेदेखि १० बजेसम्म रेडियोको ड्युटी र त्यसपछि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निर्वाचन प्रहरीको ड्युटी गर्दै आएकी उनले बताइन् ।
‘रेडियोको आम्दानीले मात्रै केही पनि पुग्दैन । बेरोजगारी समस्याले अन्य काम पाउने अवस्था छैन,’ खत्री भन्छिन्, ‘त्यसैले छोटो समयका लागि भए पनि केही कमाइ हुने भएपछि निर्वाचन प्रहरीमा भर्ना भएकी हुँ ।’
दार्चुलाकै मार्मा गाउँपालिका-४ घर भएकी खत्री जिल्लामा कार्यरत थोरै महिला पत्रकारमध्ये पर्छिन् । ‘अहिले महिला पत्रकार उत्पादन गर्न निकै समस्या छ,’ नेपाल पत्रकार महासंघ दार्चुलाका निर्वतमान अध्यक्ष कृष्णसिँह धामीले भने, ‘यस्तो अवस्थामा आफ्नो जीविका चलाउन निर्वाचन प्रहरीमा भर्ना हुने कुरा अन्यथा भएन ।’
दुर्गममा बसेर पत्रकारिता गर्नुको पीडा निकै कठिन रहेको उनले बताए । ‘यहाँ पत्रकारिताले मात्रै पनि जीवन धान्न झन गाह्रो छ । हाम्रो जस्तो ठाउँमा महिला पत्रकारहरूको पीडा अझै जटिल छ । यहीकारण धेरैदिन महिलाहरू पत्रकारितामा नटिक्ने समस्या छ,’ धामीले भने ।
खत्री अहिले निर्वाचन प्रहरीमा भर्ती भएपनि भविष्यमा पत्रकारिताबाट चटक्कै बाहिरिने भने सोचिसकेकी छैनन् । यही भएकाले प्रहरी कार्यालयमा कुरा मिलाएर उनी रेडियोको काममा निरन्तरता दिइरहेकी छन् ।
‘रहरले पत्रकारितामा छु । निर्वाचन प्रहरी बाध्यताका कारण बनेकी हुँ । तैपनि चुनावमा प्रहरीकै भूमिकामा भएर पनि देशको सेवा गर्न पाएकामा खुसी पनि छु,’ खत्रीले भनिन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले निर्वाचनको लागि दार्चुलामा २९७ जना महिला निर्वाचन प्रहरी भर्ना भएका छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया