News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद पत्रपत्रिका मुख्य समाचार राष्ट्रिय समाचार

    शिवालय माध्यमिक विद्यालय र जनताधन माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुका लागि ५ दिने क्रिकेट तालिम आजबाट शुरु

    गोबिन्द रिजाल,पर्बत । श्री शिवालय माध्यमिक विद्यालयमा गठन भएको बाल क्रिकेट क्लवका विद्यार्थीहरु र जनताधन माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुका लागि ५ दिने क्रिकेट तालिम आज शुरु भएको छ । श्री शिवालय माध्यमिक विद्यालयको प्राङ्गणमामा भएको उक्त कार्यक्रममा पर्वत क्रिकेट संघ का अध्यक्ष रेशम बहादुर के.सी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविन्द्र गिरिले संयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो ।

    उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक गोविन्द पोख्रेल , जिल्ला खेलकुद विकास समितिका सदस्य सन्तोष पौडेल, गण्डकी प्रदेश खेलकुद माहासंघका सदस्य इन्द्र प्रसाद शर्मा को उपस्थितीमा रहेको थियो। ५ दिन सम्म हुने उक्त तालिममा नेत्रहिन क्रिकेट संघ कास्कीका सचिव तथा राष्ट्रिय खेलाडी युवराज भण्डारी , प्रशिक्षक सिद्वान्त खनाल र शिक्षक आनन्द पौडेलले प्रशिक्षण गर्नुहुनेछ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया