
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा ।दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पोखराको इभेण्ट म्यानेजमेन्ट कम्पनी प्रचारले व्यवस्थापन गरेको उक्त कन्सर्टमा कलाकार, संगीत र दर्शकबीचको ऊर्जाशील सहभागिताले कार्यक्रमलाई विशेष बनायो।
कन्सर्टका क्रममा सिनेमाका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी ले पोखरेली दर्शकसँग प्रत्यक्ष संवाद गर्दै चलचित्र निर्माणका अनुभव, पात्रको यात्रा र ‘कुमारी’ले बोकेको भावनात्मक सन्देशबारे खुलेर चर्चा गरे । पछिल्लो समय टिकटकमा भाइरल बनेको कुमारीको गीत “डोको बुन्ने” मा झुम्दै उनीहरुले दर्शकसँग साक्षत्कार गरेका हुन् । कलाकारसँग प्रत्यक्ष भेटघाट र संवादको अवसर पाउँदा दर्शकहरू उत्साहित देखिन्थे।
कार्यक्रमलाई थप उचाइमा पु¥याउँदै केयर लिम्बू एण्ड द लुंगा ब्याण्डले दिएको सशक्त प्रस्तुतीले पोखराका दर्शकहरूलाई झूमायो। लाइभ संगीत, नृत्य र दर्शकको सहभागिताले कन्सर्टलाई स्मरणीय बनाएको थियो।कुमारी मार्फत डेभ्यु गरेका अभिषेक खड्काले पोखरेली दर्शकको माया र उत्साहप्रति आभार व्यक्त गर्दै भने, “पोखरामा दर्शकको यस्तो ऊर्जा पाउँदा निकै खुशी लाग्यो। ‘कुमारी’ हाम्रो लागि केवल सिनेमा होइन, भावनाको कथा हो। यहाँबाट पाएको समर्थनले हामीलाई अझ आत्मविश्वासी बनाएको छ।”
आफु पनि जेनजी उमेर समूहको भन्दै जेनजी पुस्ताबाट कुमारीलाई सहयोग मिल्ने विश्वास उनको छ । त्यसैगरी नायिका आकृति राजभण्डारीले पनि दर्शकसँगको आत्मीयताले आफूलाई भावुक बनाएको बताइन्। “पोखरेली दर्शकको प्रतिक्रिया असाध्यै सकारात्मक छ। ‘कुमारी’ले उठाएका विषय दर्शकले आत्मसात् गर्नुहुनेछ”, उनले भनिन् ।
चलचित्रका निर्देशक दिनेश राउतले पोखरामा देखिएको उत्साहले ‘कुमारी’ प्रति दर्शकको अपेक्षा प्रस्ट भएको बताए । “पोखराको यो माहोलले ‘कुमारी’ सही दिशामा अघि बढिरहेको संकेत गरेको छ। दर्शकको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने ।
आगामी माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘कुमारी’ प्रति पोखरेली दर्शकको उत्साहले चलचित्रको सफलताको संकेत दिएको छ । निर्माण टिमले नेपाली सिनेमालाई साथ दिन सबै दर्शकलाई नजिकैको हलमा पुगेर ‘कुमारी’ हेर्न आग्रह गरेको छ । नेपाली समाजका संवेदनशील पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको ‘कुमारी’ ले प्रदर्शनसँगै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया