News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद पत्रपत्रिका मुख्य समाचार राष्ट्रिय समाचार

    रियल म्याड्रिडलाई हराउदै स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

    एजेन्सी । स्पेनिस सुपर कपको फाइनलमा राफिन्हाले दुई गोल गरेपछि बार्सिलोनाले कट्टर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–२ ले पराजित गर्दै स्पेनिस सुपर कप जितेको छ। साउदी अरेबियाको जेद्दाहमा भएको रोमाञ्चक खेलमा रियल म्याड्रिडलाई ३-२ ले हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कप जितेको हो । यो जितसँगै हान्सी फ्लिकको टोलीले १६औँ पटक स्पेनिस सुपर कप जित्यो। बार्सिलोनाले गत वर्ष पनि फाइनलमा रियललाई हराएको थियो। यसपाली खेलको ७३औँ मिनेटमा राफिन्हाले गरेको गोलनै निर्णायक बन्यो।

    पहिलो हाफको अन्त्यतिर खेल निकै रोचक बन्यो। राफिन्हाले ३६औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसपछि थपिएको समयमा दुबै टोलीबाट छिटोछिटो तीन गोल भए र पहिलो हाफ २-२ को बराबरीमा टुंगिएको थियो।पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट दौडपछि बराबरी गोल गरे। उनले १७ खेलपछि रियलका लागि गोल गरेका हुन् । इन्जुरी समयको चौथो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए।

    इन्जुरी समयको छैंटौं मिनेटमै गोंजालो गार्सियाले गोल गर्दै पहिलो हाफमा खेल फेरि बराबरी बनाए। खेलको अन्तिमतिर फ्रेन्की डे योङले किलियन एम्बाप्पेमाथि फाउल गरेपछि सिधै रातो कार्ड पाए। अन्तिम मिनेटहरूमा दुबै टोलीले अवसर पाए पनि गोल हुन सकेन। सन् २०११ यता बार्सिलोना पहिलो पटक लगातार दुई पटक स्पेनिस सुपर कपको उपाधि जित्न सफल भयो।

    लाेक कल्याणकारी

    प्रतिक्रिया