News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद पत्रपत्रिका पत्रपत्रिका बिशेष मुख्य समाचार राष्ट्रिय समाचार

    नेपाल पुलिसलाई हराउँदै टिपटप न्यु डायमण्ड बन्यो च्याम्पियन

    साविक विजेता नेपाल पुलिसलाई हराउँदै न्यु डायमण्डले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायन्डले विभागीय टोली पुलिसलाई ३–१ को रोमान्चक सेटमा पराजित गरेको हो। खेलको पहिलो र दोस्रो सेटमा न्यु डायमन्डले २५–२२ र २५–१८ ले जितेको थियो। तेस्रो सेट भने नेपाल पुलिसले २५–१५ ले जित्यो र खेलमा फर्किने आशा देखायो । उक्त सेट पुलिसले आफ्नो नाममा पारेसँगै खेल चौंथो सेटसम्म धकेलिएको थियो। तर, न्यु डायन्डले उत्कृष्ट पुनरागमन गर्दै २७–२५ ले जितेसँगै उपाधि हात पार्‍यो।

    तर च्याम्पियनसिप प्वाइन्ट भने विबादस्पद बन्यो। नेट नच नभएको भनेर पुलिसले विरोध जनाए पनि रेफ्री आफ्नो निर्णय अडिकरहे।यसैगरी एपिएफ क्लब तेस्रो भएको छ। त्यस्तै त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफ तेस्रो भएको छ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा एपिएफले आर्मीलाई २५-१३,२५-२३,२५-१८ ले पराजित गरेको हो। प्रतियोगिताको विजेता टोली न्यु डायमण्डले उपाधिसहित ५ लाख रुपैयाँ , दोस्रो नेपाल पुलिसले २ लाख ५० हजार , तेस्रो एपिएफ क्लबले १ लाख २५ हजार र चौथो टोली त्रिभुवन आर्मी क्लबले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गरे

    लाेक कल्याणकारी

    प्रतिक्रिया