News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद पत्रपत्रिका मुख्य समाचार समाचार

    आठौं बागलुङ महोत्सव:-पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले उचाल्यो

    गोबिन्द रिजाल,पर्बत । बागलुङमा जारी आठौं बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले जितेको छ । सोमबार बागलुङ नगरपालिका रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा भएको गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा गलकोट नगरपालिकालाई १–३ को रोमान्चक सेटमा पराजित गर्दै होटल समिट च्याम्पियन बनेको हो ।

    होटल समिटले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१६ ले जितेको थियो भने तेस्रो सेटमा १७–२५ ले गुमाएको होटल समिटले चौथो सेट उत्कृस्ट पुनरागमन गर्दै २५–१८ ले विजयी भयो । उपाधि जितेको होटल समिटले ट्रफीसहित नगद २ लाख १ हजार ५ सय रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता गलकोट नगरपालिकाले ट्रफीसहित नगद १ लाख २१ हजार ५ सय रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

    त्यस्तै सोमबार नै भएको खेलमा मेरो डेण्टल होमले कुश्मा नगरपालिका पर्वतलाई ३–१ को सेटमा पराजित गर्दे तृतीय बनेको छ । मेरो डेण्टल होमले ट्रफीसहित ४४ हजार ५ सय र सान्त्वना भएको कुश्मा नगरपालिका पर्वतले ट्रफीसहित २२ हजार ५ सय रुपैयाँमा चित्त बुझाउनु पर्यो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया