
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्वत । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिका स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, अक्षयकोषबाट प्राप्त ब्याज मार्फत पुरस्कार वितरण, शिक्षक, अभिभावक तथा अक्षयकोषदातालाई सम्मान गर्नुका साथै विविध सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृतप्रसाद सुवेदीको अध्यक्षता तथा महाशिला गाउँपालिका उपाध्यक्ष धनसुवा वि.क.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिले विद्यालयको शैक्षिक उन्नयनमा गाउँपालिकाको सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा महाशिला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष पूर्णबहादुर मल्लले पाँचौँ राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने सम्पूर्ण खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले विद्यालयले वार्षिकोत्सवका अवसरमा आयोजना गर्दै आएको पालिका स्तरीय अन्तर विद्यालय प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापका लागि आगामी वर्षदेखि आजीवन पुरस्कार सौजन्य गर्ने घोषणा गर्नुभएको छ ।
कार्यक्रममा महेन्द्रज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एकबहादुर हमाल, महाशिला स्काउट स्थानीय आयुक्त भवराज शर्मा, जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त लम्साल, अक्षयकोषदाता हर्कबहादुर रेग्मी, पूर्व शिक्षक डिलबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनविकास माध्यमिक विद्यालय प्रथम, मदन आश्रित माध्यमिक विद्यालय द्वितीय र स्वधर्म माध्यमिक विद्यालय तृतीय भएका थिए । प्रतियोगिताको निर्णायकमा डम्बरराज जोशी, सीता शर्मा र रेशमलाल चपाईँ रहनुभएको थियो ।
सो अवसरमा वर्ष शिक्षकका रूपमा निमावि तृतीय तहका शिक्षक नारायणप्रसाद पराजुली तथा उत्कृष्ट अभिभावक शोभा भण्डारी सम्मानित हुनुभएको थियो । साथै अक्षयकोषदाता मेखबहादुर क्षेत्री, बमबहादुर क्षेत्री, रामबहादुर भण्डारी र ध्रुव रेग्मीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति अमृतप्रसाद सुवेदीले विद्यालयसँग चार दशकभन्दा बढी समय अध्यापन तथा प्रशासनिक रूपमा जोडिएको अनुभव स्मरण गर्दै विद्यालयको समग्र शैक्षिक, भौतिक, आर्थिक र सामाजिक विकासका लागि शिक्षक, अभिभावक, समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
विद्यालयका प्रधानाध्यापक शेषकान्त शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन, भावी कार्यक्रम तथा आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका भगवती कुमारी पौडेलले राख्नुभएको थियो भने सञ्चालन शिक्षक नारायणप्रसाद पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रमबारे जानकारी विद्यालयका सूचना अधिकारी कुलप्रसाद चपाईँले दिनुभएको हो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया