SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/८/९ गते
    १३९ &#२३४६;&#२३३५;&#२३२५;

    दुबई,सचिन्द्र श्रेष्ठ। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईको समन्वय तथा प्रवास नेपाली सम्पर्क बिभागको मुख्य आयोजना एबं देबदह सेवा समाज यूएईको सहयोगमा नोभेम्बर २३ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। दुबई हेल्थ अथरिटी (डीएचए) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।यस कार्यक्रमलाई एभरेस्ट रेस्टुरेन्टले आर्थिक सहयोग गरेको थियो।

    रक्तदान कार्यक्रम बिगतका भन्दा अझ भब्यताका साथ यो चौथो पटक सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए। यस कार्यक्रममा उपस्थित भएका यस प्रकारको समाजसेवी कामलाई निरन्तरता दिनु पर्ने भन्दै उत्साह प्रकट गरेका थिए। उक्त कुरालाई आत्मसाथ गर्दै हरेक वर्षको तिनपटक रक्तदान कार्यक्रम निरन्तर आयोजना गर्ने गरिएको श्रेष्ठले बताए।

    विभिन्न पेसामा कार्यरत नेपाली समुदायका व्यक्तिहरु, नेपाली रक्तदाता संघ यूएईका सदस्यहरु, व्यवसायी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका सामाजिक संस्था एवं वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै नेपाली राजदुतावास आबुधाबीका प्रतिनिधि हरेराम अर्याल ज्यु एबं वाणिज्य दूतावास दुतावास दुबइका उप–महावाणिज्यदूत कृष्ण चापागाईको समेत उपस्थित रहेको कार्यक्रममा करीब ८९ भन्दा बढ़ीले रक्तदान गरेको प्रवास नेपाली सम्पर्क बिभागका अध्यक्ष सुजन थापाले बताए।

    सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई ‘रक्तदान जीवन दान’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भब्य र सभ्य तरिकाले रक्तदान कार्यक्रम आयोजना गरेको संयोजक जगन अधिकारीले बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं