
बैकुण्ठ गिरी, क्यालिफोर्निया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी २०२५–२०२७ कार्यकालका लागि अशोक लामिछाने क्षेत्रीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले न्युयोर्क च्याप्टरको उपाध्यक्ष पदमा सशक्त, एकीकृत र पारदर्शी नेतृत्वका लागि चुनावी अभियान सुरु गरेका हुन्।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका लामिछाने सामाजिक, सांस्कृतिक र संस्थागत क्षेत्रमा सक्रिय रहँदै आएका छन्। पर्वत सेवा समाज न्युयोर्क अमेरिकामा युवा संयोजकको भूमिका निर्वाह गरेका उनी हाल पर्वत स्पोर्ट क्लबका उपाध्यक्ष समेत हुन्।
लामिछानेले नेपाली समुदायलाई अझ सशक्त बनाउने, आपसी सम्बन्ध बलियो बनाउने र नयाँ पुस्ताको आवाजलाई बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले एनआरएनएको भविष्य निर्माणका लागि सेवामूलक, विश्वासिलो र पारदर्शी नेतृत्व आवश्यक भएको भन्दै आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन्।
https://youtu.be/GIWL8V2f_io?si=FIZWoFGTlcxL74AT
हाल उनले न्युयोर्कमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट र छलफल सुरु गरिसकेका छन्। चुनावअघि र पछि पनि यो अभियानलाई निरन्तरता दिने उनले अठोट व्यक्त गरेका छन्।
एनआरएनए अमेरिकाको निर्वाचन यही आउँदो अगस्ट १६ र १७ मा हुँदैछ। अशोक लामिछानेले सम्पूर्ण नेपाली समुदायलाई उक्त निर्वाचनमा सक्रिय सहभागिताका लागि आव्हान गरेका छन्।
















