SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/२ गते
    ४९९ &#२३४६;&#२३३५;&#२३२५;

    इन्डोनेशियाली प्रहरीले बच्चा तस्करी गर्ने एउटा अन्तर्राष्ट्रिय गिरोह पत्ता लगाएको छ । यो गिरोहले सन् २०२३ यता सिङ्गापुरमा कम्तीमा २५ जना शिशु बिक्री गरेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    इन्डोनेशियाली अधिकारीहरूले यो हप्ता पोन्टियानक र टाङ्गेराङ्ग शहरबाट यो गिरोहसँग सम्बन्धित १३ जनालाई पक्राउ गरेका छन् । यस्तै अधिकारीहरूले तस्करी हुन लागेका झन्डै एक वर्ष उमेरका ६ जना शिशुको उद्धार गरेका छन् ।

    ती शिशुहरूलाई गिरोहले पहिला पोन्टियानकमा राख्ने र सिङ्गापुर पठाउनुअघि अध्यागमनका लागि चाहिने कागजपत्र तयार गर्ने गरेको वेस्ट जाभा प्रहरीको अपराध अनुसन्धान विभागका महानिर्देशक सुरुवानले बीबीसी न्युज इन्डोनेशियालाई बताउनुभएको छ ।

    यो गिरोहले बच्चा हुर्काउन नचाहने आमाबुवा र गर्भवती महिलालाई सम्पर्क गर्ने गरेका थिए । केही शिशुहरू त गर्भमा हुँदा नै ‘बुक’ हुने गरेका थिए । प्रत्येक शिशु झन्डै ६ सय ७३ अमेरिकी डलरमा बिक्री भएका प्रहरीले जनाएको छ ।

    इन्डोनेशियाली प्रहरीले अबको कार्य सिङ्गापुरमा ती शिशु लिने मानिसहरू पत्ता लगाउनुरहेको बताएको खबरमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं