SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/३/३० गते
    ३४४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालमै पहिलो पटक घाँटीबाट सुई प्रविष्ट गराई दिमागको नसा खोलेर एक बिरामीको मस्किष्तघातको उपचार गरिएको छ । पाटन अस्पतालमा गरिएको उक्त उपचार नयाँ प्रविधि न्यूरो इन्टरभेन्सनमार्फत गरिएको हो, जुन सर्जरी विना गरिन्छ ।

    यो प्रविधामा शरीरको कुनै भाग हात, खुट्टा वा घाँटीबाट सानो तार र क्याथेटर प्रविष्ट गराई दिमागको समस्या भएको भागमा पुगेर उपचार गरिन्छ ।

    ‘यो केसमा बिरामीको नसा बन्द भएको थियो, त्यसलाई घाँटीबाट सिधा तार पठाएर खोलेर जाम हटाइएको हो,’ न्यूरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलले बताए ।

    न्यूरो इन्टरभेन्सन विधि प्रयोग गरी सर्जरी नगरी गरिएको मस्तिष्कमा जमेको रगतको भागमा भ्याकुम वा झिल्ली प्रविधिको सहायताले अवरुद्ध रक्तसञ्चार पुनः सुचारु गरिन्छ ।

    यस्तो विधिबाट मस्तिष्कमा फुटेको रगत भएमा त्यसलाई निकाल्न, वा रगत जमेको भए त्यसलाई हटाउन सकिन्छ । ती बिरामी ४२ वर्षीय पुरुष थिए । उनी लक्षण देखिएको १२ घण्टा भित्रै अस्पताल आइपुगेका थिए ।

    उपचारमा संलग्न डा. पौडेलका अनुसार ती बिरामी दायाँतर्फको हातखुट्टा नै नचल्ने अवस्थामा आइपुगेका थिए । ती बिरामी तीन हप्ताअघि पाटन पुगेका थिए । दुई दिनमा ती बिरामीको डिस्चार्ज गरिएको थियो ।

    ‘मस्तिष्कघात भएका बिरामीको उपचार २४ घण्टाभित्र मात्र गर्दा नतिजा राम्रो निस्किन्छ । त्यसपछि गर्दा परिणाम दिँदैन,’ उनले भने, ‘बिरामी समयमै आइपुगेकाले पारालाइसिस हुनबाट बचाउन सफल भयौं ।’

    नेपालमा घाँटीबाट गरिने यस्तो न्युरो इन्टरभेन्सन उपचार यो पहिलोपटक हो । बिरामीको घाँटीबाट सानो तार र क्याथेटर प्रविष्ट गरेर दिमागको बन्द नसा खोलिएको हो । यो प्रविधि न्युरो इन्टरभेन्सन अन्तर्गत पर्दछ, जुन सर्जरी विना गरिने नयाँ उपचार प्रविधि हो ।

    ‘यो उपचार घाँटीबाट तार र क्याथेटर पठाएर गरियो,’ डा. पौडेलले भने, ‘यो प्रक्रिया हात वा खुट्टाबाट पनि गर्न सकिन्छ, तर त्यो अप्ठ्यारो र ढिलो हुनसक्छ ।’ चिकित्सकका अनुसार कहिलेकाहीं खुट्टाबाट तार पठाउँदा नसा बाङ्गो-टिङ्गो भएकाले लक्ष्यसम्म पुग्न कठिन हुन्छ ।

    ‘खुट्टाबाट गर्दा नसामा पुग्न गाह्रो, उपकरण बढी प्रयोग गर्नुपर्ने, समय बढी लाग्ने र खर्च पनि धेरै पर्ने अवस्था आउँछ’ उनले भने, ‘तर घाँटीबाट गर्दा ती सबै चुनौती हट्छन्, छिटो हुन्छ र खर्च पनि कम हुन्छ ।’

    ती चिकित्सकका अनुसार हात-खुट्टाबाट उपचार सम्भव नभएको खण्डमा घाँटीबाट सानो तार पठाएर उपचार गरिन्छ । डा. पौडेलले भारतको एम्स, नयाँदिल्लीबाट डीएम न्यूरो इन्टरभेन्सनको तीनवर्षे विशेष तालिम लिएर फर्किएका छन् र पछिल्लो एक वर्षदेखि पाटन अस्पतालमा कार्यरत छन् ।उनका अनुसार यो प्रविधि महँगो उपकरण, सशक्त टिम र विशेष तालिम विना सम्भव छैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं