
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । जन्मेदेखि २७ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
सदरमुकाम कुश्माबजारमा बिहीवार आयोजित एक समारोहका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र अन्य सरोकारवालाले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।
पर्वतमा रहेका २७ महिनासम्मका एक हजार पाँच सय पाँच जना बालबालिकाले पुर्ण मात्रामा खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई नै पुर्ण खोप सुनश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति पर्वतले जनाएको छ । यस अघि जिल्लाका सातवटै पालिकालाई पुर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको थियो भने त्यो भन्दा पहिला जिल्लाका ६१ वटै वडालाई पुर्ण खोप सुनिश्चित भएको वडाको रुपमा घोषणा गरिएको थियो ।
खोप सुनिश्चित तथा दिगोपना कायम गर्नका लागि आगामी दिनमा पनि अभिभावकहरु सचेत हुनुपर्नेमा कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । बालबालिकाको स्वास्थ्य अवस्थालाई मजबुत बनाउन र विभिन्न खालका संक्रमणवाट जोगाउनका लागि खोपको पुरै मात्रा लगाउनुपर्ने प्रादेशिक खोप निर्देशनालयका खोप अधिकृत एकनारायाण लम्सालले बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले स्वास्थ्य क्षेत्रको बजेट अझै धेरै बृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । सो अवसरमा पूर्ण खोप सुनिश्चित घोषणा गर्न महत्वपुर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । भने उमेर नाघेर अबकास प्राप्त सामुदायिक महिला स्वास्थ्यकर्मीहरुलाई विदाई समेत गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जिसी, महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसाल, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, प्रादेशिक खोप निर्देशनालयका खोप अधिकृत एकनारायाण लम्साल, प्रदेश अस्पताल बागलुङका प्रमुख घनश्याम सापकोटालगायतले स्वास्थ्य क्षेत्रको संवेदनशिल कार्यक्रमको रुपमा रहेको खोप अभियानलाई अझै प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशको पाँचौ जिल्लाको रुपमा पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यस अघि म्याग्दी, मनाङ, बागलुङ र तनहुँ घोषणा भैसकेका छन् ।
जिल्ला खोप समन्वय समिति पर्वतका संयोजक विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य र संचालन परिवार नियोजन सुपरभाईजर नारायाणप्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरुले विभिन्न चेतनामुलक गीत र नृत्य प्रस्तुत गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया