SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/३/५ गते
    ३१३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जन्मेदेखि २७ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
    सदरमुकाम कुश्माबजारमा बिहीवार आयोजित एक समारोहका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र अन्य सरोकारवालाले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।

    पर्वतमा रहेका २७ महिनासम्मका एक हजार पाँच सय पाँच जना बालबालिकाले पुर्ण मात्रामा खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई नै पुर्ण खोप सुनश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति पर्वतले जनाएको छ । यस अघि जिल्लाका सातवटै पालिकालाई पुर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको थियो भने त्यो भन्दा पहिला जिल्लाका ६१ वटै वडालाई पुर्ण खोप सुनिश्चित भएको वडाको रुपमा घोषणा गरिएको थियो ।

    खोप सुनिश्चित तथा दिगोपना कायम गर्नका लागि आगामी दिनमा पनि अभिभावकहरु सचेत हुनुपर्नेमा कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । बालबालिकाको स्वास्थ्य अवस्थालाई मजबुत बनाउन र विभिन्न खालका संक्रमणवाट जोगाउनका लागि खोपको पुरै मात्रा लगाउनुपर्ने प्रादेशिक खोप निर्देशनालयका खोप अधिकृत एकनारायाण लम्सालले बताउनुभयो ।

    कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले स्वास्थ्य क्षेत्रको बजेट अझै धेरै बृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । सो अवसरमा पूर्ण खोप सुनिश्चित घोषणा गर्न महत्वपुर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । भने उमेर नाघेर अबकास प्राप्त सामुदायिक महिला स्वास्थ्यकर्मीहरुलाई विदाई समेत गरिएको छ ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जिसी, महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसाल, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, प्रादेशिक खोप निर्देशनालयका खोप अधिकृत एकनारायाण लम्साल, प्रदेश अस्पताल बागलुङका प्रमुख घनश्याम सापकोटालगायतले स्वास्थ्य क्षेत्रको संवेदनशिल कार्यक्रमको रुपमा रहेको खोप अभियानलाई अझै प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    गण्डकी प्रदेशको पाँचौ जिल्लाको रुपमा पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यस अघि म्याग्दी, मनाङ, बागलुङ र तनहुँ घोषणा भैसकेका छन् ।

    जिल्ला खोप समन्वय समिति पर्वतका संयोजक विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य र संचालन परिवार नियोजन सुपरभाईजर नारायाणप्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरुले विभिन्न चेतनामुलक गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं