SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/३/१ गते
    २४८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले मादी गाउँपालिकाको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ।

    मादी गाउँपालिका वडा नम्बर ५ स्थित चण्डिका आधारभूत विद्यालयको प्रांगणमा आयोजित शिविरबाट ८१ जनाले सेवा लिएका थिए । शिविरको उद्घाटन गर्दै मादी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हुमानाथ अधिकारीले स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम गरिएको बताए ।

    मादी गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक गोपाल चन्द्र बरालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल परिवार नियोजन सङ्घ कास्कीका सभापति नवीन सिग्देलले स्थानीय सरकार, आमा समूह, टोल विकास संस्था र क्लबहरूसँग सहकार्य गर्दै संघ अगाडि बढेको उल्लेख गरे ।

    शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर प्रेम पंगेनीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं