SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/२/२४ गते
    २६२ &#२३४६;&#२३३५;&#२३२५;

    जीवनधर शर्मा,विपि मार्ग योग साधना केन्द्र, पोखरा।  विपि मार्ग योग साधना केन्द्रको आयोजनामा गत मंसिर महिनामा सञ्चालित सह-योग शिक्षक तालिमबाट दीक्षित हुनु भएका योग शिक्षकज्यूहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    उक्त कार्यक्रम पतञ्जलि योग समितिका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश प्रभारी डा. नरेन्द्रमान लालचनज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश संरक्षक लोकदर्शन कोइराला, कास्की जिल्ला अध्यक्ष सूर्यप्रसाद भण्डारी, महिला पतञ्जलि कास्की अध्यक्ष उर्मिला हिराचन, महामन्त्री लक्ष्मी पुन, जिल्ला संगठन मन्त्री रनबहादुर बिक, साथै सदस्य दिल सुनार, लिला पोख्रेल, जीवनधर जैशी र महिला कास्की सदस्य तथा केन्द्रकी संरक्षक सीता पोख्रेल लगायत योग शिक्षक तथा साधक–साधिकाज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    उक्त प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक पतञ्जलि योग केन्द्रका केन्द्रिय सदस्य पूज्यसाध्वी देवकृपाज्यू, केन्द्रिय स. लोकनाथ खनालज्यू तथा डा. वि.पि. रेग्मीज्यूद्वारा दीक्षा प्रदान गरिएको थियो। आजको कार्यक्रममा उहाँहरूप्रति हार्दिक स्मरण तथा नमन व्यक्त गरिएको थियो।

    कार्यक्रमको सभापतित्व विपि मार्ग योग साधना केन्द्रका अध्यक्ष झम्कनाथ पोख्रेलज्यूले गर्नुभएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं