SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/२/१८ गते
    ३५० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखरामा शनिबार गजलकार देवेन्द्र केसी।।।देवु’ का गजलहरूमा गजल साँझ सम्पन्न भएको छ । पोखरा नै जन्मभूमि भएका गजलकार देवेन्द्र के. सी. ।।।देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्नुुभएको हो ।

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको गजल साँझमा देवेन्द्र केसी।।।देवु’का सातवटा गजल वाचन गरिएको थियो । मायाप्रेम, प्रकृति, राष्ट्रप्रेम लगायतका विभिन्न भाव समेटिएका गजल प्रस्तुत भएको उक्त कार्यक्रममा पोखरेली साहित्यकार, सञ्चारकर्मी लगायत विभिन्न सेवा पेशामा आवद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो । उल्लेखित सात गजल मध्ये एक गजलमा.. “अहो क्या छ बान्की तिमी पोखराकी । भनुँ रुप खानी तिमी पोखराकी ।। मनोहर छ आभा फिंजाएर झाँकी । भएँ मुग्ध प्यारी तिमी पोखराकी ।।” भनिएको छ । त्यस्तै अर्को गजलमा ……. “चलेको छ ज्यादै घमासान युुद्ध कलि काल लाग्यो कि देखिन्न बुुद्ध ।।”, उल्लेख छ ।

    कार्यक्रममा साहित्यकार सरुभक्तले पोखरामा यस किसिमको कार्यक्रम हालसम्मकै पहिलो भएको भन्दै स्रष्टा केसीको प्रशंसा गर्नुुभयो । पोखरेली गजलका लागियो महत्वपूर्ण कार्य भएको उहाँले बताउनुुभयो । स्रष्टा एवम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशका अध्यक्ष समेतरहनुुभएका देवेन्द्र केसी ।देवुु’ को अध्यक्षता एवम् समाजका महासचिव असफल गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, कार्यक्रम संयोजक घनेन्द्र ओझा, समाजका पूर्व अध्यक्ष दुर्गाबहादुुर शाह बाबा’ लगायतले बोल्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं