SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/१/२५ गते
    २८७ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी,अमेरिका । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को नवौं अधिवेशन मे १० र ११, २०२५ मा नेभाडा राज्यको लस भेगस सहरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कन्भेनर रोशन अधिकारीले जानकारी दिए । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको उद्घाटन सत्रमा अतिथि र पत्रकारहरू गरी २ सय जनाको सहभागिता रहने कन्भेनर अधिकारीले बताए । साथै, सो अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा अमेरिका आइसक्नुभएको अधिकारीले जानकारी दिए ।

    यसैगरी, नेजाको नवौं अधिवेशन प्रक्रियामा सहभागी हुन ८१ जना सदस्यले रजिस्ट्रेसन गरेको महासचिव बाबुराम दाहालले जानकारी दिए । अधिवेशनका क्रममा नेजाको वार्षिक प्रकाशन ‘प्रयास’को प्रकाशन गर्नुका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मान समेत वितरण गरिने महासचिव दाहालले बताए । मे १० मा हुने उद्घाटन सत्रमा नेपाल र अमेरिकाका विभिन्न संघ-संस्थाबाट अतिथिको रुपमा सहभागिता रहनेछ ।

    अधिवेशन लस भेगसको प्यालेस स्टेसनमा हुनेछ । नेजाको अधिवेशनलाई लिएर लस भेगसका नेपाली समुदायले पनि सक्रिय रुपमा सहयोग गरिरहेका छन् । एनआरएनए अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले नेजाको यो अधिवेशनलाई लस भेगसको नेपाली समुदायले निकै महत्त्वका हिसाबले हेरिरहेको बताउँदै नेजाको यो अधिवेशनमार्फत लस भेगसको नेपाली समुदायको गतिविधि बाहिर लैजान पनि महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं