
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो ।
पोर्चुगलमा १८ मेमा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ । चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएको समाचार एजेन्सी एपीले जनाएको छ । यसका लागि सूचना जारी गर्ने ती मन्त्रीको भनाइ छ ।
यो कारबाही आगामी हप्तादेखि सुरु गर्ने तयारी छ । सुरुवातमा ४ हजार ५०० जना विदेशी नागरिकहरुलाई स्वेच्छाले पोर्चुगल छाड्न आदेश दिइनेछ । त्यसरी देश छाड्नका लागि उनीहरूलाई २० दिनको मौका दिइने छ । त्यसपछिका चरणमा पनि यो अभियान जारी रहने छ ।
आप्रवासन प्रमुख मुद्दा
पोर्चुगलमा आप्रवासन एउटा प्रमुख मुद्दा बनेको छ । अनियमित रूपमा देशमा प्रवेश गर्नेहरूलाई निष्कासन गर्ने व्यवस्था अझ बलियो बनाउनुपर्ने माग उठिरहेको छ । ‘युरो न्यूज’का अनुसार, मन्त्री एन्तोनियो लेइतो अमारोले गत साता पनि यो मुद्दा उठाएका थिए । उनले पोर्चुगलको डिपोर्टेसन प्रणाली प्रभावकारी नरहेको भन्दै यसको समीक्षा आवश्यक रहेको बताएका थिए ।
उनका अनुसार, पोर्चुगल युरोपका ती तीन देशहरूमध्ये एक हो जहाँ सबैभन्दा कम संख्यामा डिपोर्ट गरिन्छ । तीमध्ये धेरैजसो त्यस्ता व्यक्ति हुन्छन् जसले नियम उल्लंघन गरेका कारण देश छाड्नुपर्ने आदेश दिइन्छ ।
पोर्चुगलमा पनि दक्षिणपन्थको बढ्दो प्रभाव
युरोपका अन्य देशहरू जस्तै पोर्चुगलमा पनि दक्षिणपन्थी सोच बढ्दो छ । विज्ञहरूका अनुसार, दक्षिणपन्थ, राष्ट्रवाद र जनप्रियवाद (पपुलिज्म) को भावना बलियो बन्दै जाँदा राष्ट्रिय राजनीतिमा असर परेको छ । मार्च २०२४ मा सम्पन्न चुनावमा धुर–दक्षिणपन्थी शेगा पार्टीको जनाधार बढेको थियो र १८ प्रतिशत भोट ल्याउँदै पोर्चुगलको तेस्रो ठूलो पार्टी बनेको थियो ।
सन् २०१९ मा स्थापना भएको यो पार्टीले छोटो समयमै उल्लेखनीय आधार बनाएको छ । पार्टीका नेता आन्द्रे वेन्तुरामाथि जातीय भेदभाव (रेसिज्म) र इस्लामविरोधी विचार (इस्लामोफोबिया) राख्ने आरोप लाग्दै आएको छ ।
‘पोलिटिको’ म्यागजिनका अनुसार, वेन्तुराको राजनीतिक उदयमा उनका उग्र प्रस्तावहरूको ठूलो भूमिका हुन सक्छ । उदाहरणका लागि, सन् २०२० मा शेगा पार्टीले एउटा विधेयक ल्याएको थियो जसमा यौन अपराध, विशेषगरी बालबालिकामाथि हुने यौन अपराध,मा संलग्नलाई नपुंसक बनाउने (केमिकल क्यास्ट्रेसन) सजायको प्रस्ताव गरिएको थियो । तर देशको ‘सुपिरियर काउन्सिल अफ जुडिसियरी’ ले यो प्रस्ताव संविधानविपरीत भएको ठहर गर्दै खारेज गरेको थियो ।
राजनीतिक अस्थिरता
शेगा पार्टीले आप्रवासन नीतिलाई कडा बनाउनुपर्ने माग राख्दै आएको छ । आलोचकहरूले भने यो पार्टी आप्रवासी र एलजीबीटीक्युमाथि विरोध गर्ने पार्टी भएको आरोप लगाउँछन् । यसले रोमा समुदायलाई समेत निशाना बनाउने गरेको आरोप लागेको छ ।
धेरै विश्लेषकहरूको भनाइमा, धुर–दक्षिणपन्थ प्रभाव बलियो बन्दै जानुको एक प्रमुख कारण भनेको राजनीतिक अस्थिरता हो । १८ मेमा हुने चुनाव तीन वर्षमा तेस्रो पटकको मध्यावधि चुनाव हो ।
साथै, देशका दुई ठूला पार्टीहरू– सोसलिस्ट पार्टी (पीएस) र सोसल डेमोक्र्याटिक पार्टी (पीएसडी) दुवैमाथि भ्रष्टाचारका आरोप लाग्दै आएका छन् । यस्तो अवस्थामा, शेगा पार्टीको वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्ने वाचा धेरै मतदाताका लागि आकर्षक बन्दै गएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया