SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/१/२२ गते
    ४४१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो ।

    पोर्चुगलमा १८ मेमा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ । चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएको समाचार एजेन्सी एपीले जनाएको छ । यसका लागि सूचना जारी गर्ने ती मन्त्रीको भनाइ छ ।

    यो कारबाही आगामी हप्तादेखि सुरु गर्ने तयारी छ । सुरुवातमा ४ हजार ५०० जना विदेशी नागरिकहरुलाई स्वेच्छाले पोर्चुगल छाड्न आदेश दिइनेछ । त्यसरी देश छाड्नका लागि उनीहरूलाई २० दिनको मौका दिइने छ । त्यसपछिका चरणमा पनि यो अभियान जारी रहने छ ।

    आप्रवासन प्रमुख मुद्दा

    पोर्चुगलमा आप्रवासन एउटा प्रमुख मुद्दा बनेको छ । अनियमित रूपमा देशमा प्रवेश गर्नेहरूलाई निष्कासन गर्ने व्यवस्था अझ बलियो बनाउनुपर्ने माग उठिरहेको छ । ‘युरो न्यूज’का अनुसार, मन्त्री एन्तोनियो लेइतो अमारोले गत साता पनि यो मुद्दा उठाएका थिए । उनले पोर्चुगलको डिपोर्टेसन प्रणाली प्रभावकारी नरहेको भन्दै यसको समीक्षा आवश्यक रहेको बताएका थिए ।

    उनका अनुसार, पोर्चुगल युरोपका ती तीन देशहरूमध्ये एक हो जहाँ सबैभन्दा कम संख्यामा डिपोर्ट गरिन्छ । तीमध्ये धेरैजसो त्यस्ता व्यक्ति हुन्छन् जसले नियम उल्लंघन गरेका कारण देश छाड्नुपर्ने आदेश दिइन्छ ।

    पोर्चुगलमा पनि दक्षिणपन्थको बढ्दो प्रभाव

    युरोपका अन्य देशहरू जस्तै पोर्चुगलमा पनि दक्षिणपन्थी सोच बढ्दो छ । विज्ञहरूका अनुसार, दक्षिणपन्थ, राष्ट्रवाद र जनप्रियवाद (पपुलिज्म) को भावना बलियो बन्दै जाँदा राष्ट्रिय राजनीतिमा असर परेको छ । मार्च २०२४ मा सम्पन्न चुनावमा धुर–दक्षिणपन्थी शेगा पार्टीको जनाधार बढेको थियो र १८ प्रतिशत भोट ल्याउँदै पोर्चुगलको तेस्रो ठूलो पार्टी बनेको थियो ।

    सन् २०१९ मा स्थापना भएको यो पार्टीले छोटो समयमै उल्लेखनीय आधार बनाएको छ । पार्टीका नेता आन्द्रे वेन्तुरामाथि जातीय भेदभाव (रेसिज्म) र इस्लामविरोधी विचार (इस्लामोफोबिया) राख्ने आरोप लाग्दै आएको छ ।

    ‘पोलिटिको’ म्यागजिनका अनुसार, वेन्तुराको राजनीतिक उदयमा उनका उग्र प्रस्तावहरूको ठूलो भूमिका हुन सक्छ । उदाहरणका लागि, सन् २०२० मा शेगा पार्टीले एउटा विधेयक ल्याएको थियो जसमा यौन अपराध, विशेषगरी बालबालिकामाथि हुने यौन अपराध,मा संलग्नलाई नपुंसक बनाउने (केमिकल क्यास्ट्रेसन) सजायको प्रस्ताव गरिएको थियो । तर देशको ‘सुपिरियर काउन्सिल अफ जुडिसियरी’ ले यो प्रस्ताव संविधानविपरीत भएको ठहर गर्दै खारेज गरेको थियो ।

    राजनीतिक अस्थिरता

    शेगा पार्टीले आप्रवासन नीतिलाई कडा बनाउनुपर्ने माग राख्दै आएको छ । आलोचकहरूले भने यो पार्टी आप्रवासी र एलजीबीटीक्युमाथि विरोध गर्ने पार्टी भएको आरोप लगाउँछन् । यसले रोमा समुदायलाई समेत निशाना बनाउने गरेको आरोप लागेको छ ।

    धेरै विश्लेषकहरूको भनाइमा, धुर–दक्षिणपन्थ प्रभाव बलियो बन्दै जानुको एक प्रमुख कारण भनेको राजनीतिक अस्थिरता हो । १८ मेमा हुने चुनाव तीन वर्षमा तेस्रो पटकको मध्यावधि चुनाव हो ।

    साथै, देशका दुई ठूला पार्टीहरू– सोसलिस्ट पार्टी (पीएस) र सोसल डेमोक्र्याटिक पार्टी (पीएसडी) दुवैमाथि भ्रष्टाचारका आरोप लाग्दै आएका छन् । यस्तो अवस्थामा, शेगा पार्टीको वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्ने वाचा धेरै मतदाताका लागि आकर्षक बन्दै गएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं