SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/१४ गते
    ३८९ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत। जिल्ला प्रहरी कार्यालय पर्बत र नेपाल पत्रकार महासंघ पर्वत बीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय पर्बत बिजयी भएको छ । उक्त प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत लाई ३-० गोलले हराउदै जिल्ला प्रहरी कार्यालय पर्बत बिजयी भएको हो ।सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिका गणमा आयोजना भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय पर्बतको तर्फ बाट पहिलो हापमा नै ३ गोल भएको थियो भने दोस्रो हाप मा कुनै पनि गोल हुन सकेन र खेल ३-० ले जिल्ला प्रहरी कार्यालय पर्बत बिजयी भयो ।

    दुवै टिमबाट गोल गर्ने धेरै प्रयास भएको थियो भने निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल पत्रकार महासंघका तर्फ बाट गरिएका प्रहारहरु पुलिसका गोलरक्षकले विफल पारिदिएका थिए । निकै रोमान्चक खेलमा पहिलो हाप पुलिसले महासंघ लाई दबाबमा राखे पनि दोस्रो हापमा महासंघ निकै उत्कृस्ट खेल पस्कदै धेरै प्रहरहरु गरेको थियो तर जाली चुम्न भने सकेन ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्बतका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रबिन बिष्टले खेलमा जित हार जसको भएपनि सुवास्थ्यको लागि खेल, आपसी भईचारा र खेलको मध्यमबाट सम्बन्ध सुमधुर गर्ने उदेश्य रहेको बताउनु भयो त्यस्तै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले पनि खेल प्रतिस्पर्धात्मक नभएर मनोरन्जनको लागि खेलिने र दुवै टिमले हार जितको लागि भन्दा पनि मैत्रीपूर्ण तरिकाले खेलिने कुरा हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो । त्यस्तै  शारीरिक रूपमा दैनिक व्याम र आफूलाई सधैँ चुस्त राख्ने विभागीय समूह प्रहरीसँग कहिलेकाहीँ आक्कलझुक्कल खेल्ने पत्रकारको समूहले आफ्नो उपस्थिति जनाउनु नै महत्त्वपूर्ण भएको पत्रकार महासङ्घका उपाध्यक्ष रञ्जना खत्रीले बताउनु भयो ।    

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं