
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा । गण्डकी प्रदेश सरकारले बनाउने भनेको आयुर्वेद चिकित्सालय अब पोखरा–२६ संघीय सरकार आफैंले बनाउने भएको छ । यसअघि गण्डकी प्रदेशले २५ बेडको अस्पताल बनाउने भन्दै संघीय सरकारबाट जग्गा प्राप्तिसमेत गरिसकेको थियो ।
संघीय सरकारले सातै प्रादेशिक आयुर्वेदिक चिकित्सालय बनाउने नीति लिएपछि गण्डकी प्रदेश सरकारले आफूले बनाउने भनेको अस्पताललाई नै एक सय बेडको बनाउनका लागि पत्राचार गरेको हो ।
पोखरा–२६ को चापाकोचौर भन्ने स्थानमा बन्न लागेको प्रादेशिकस्तरको आयुर्वेद चिकित्सालयका कारण स्थानीयमा खुसीसमेत छाएको वडाध्यक्ष नरेन्द्र थापाले बताए । संघीय सरकारले यो वर्ष आयुर्वेद चिकित्सालय निर्माणका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ भने कुल लागत ६० करोड रुपैयाँ अनुमान गरिएको छ ।
चिकित्सालयका लागि २५ रोपनी जग्गा उपलब्ध भइसकेको, र थप १० रोपनी जग्गाका लागि स्थानीयसँग सुनिश्चितता गरिएको पनि वडाध्यक्ष थापाले जानकारी दिए ।
चिकित्सालय निर्माण स्थलको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निरीक्षण गरेका छन् । सुविधा सम्पन्न १ सय बेडको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरी टेन्डर प्रक्रियाअगाडि बढाउन लागेको स्वास्थ्यमन्त्री पौडेलले जानकारी दिए ।
चिकित्सालय निर्माणका लागि आवश्यक सबैखाले तयारी र प्रक्रिया पूरा भएको पौडेलको भनाइ छ । ‘१० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेलगत्तै सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको बोलपत्र आह्वान हुन्छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने ।
संघीय सरकारले सातै प्रदेशमा एक/एक वटा प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो ।
शिक्षाविद् रवि बरालले ३ दशकअगाडि सुकुम्बासीका नाउँमा अतिक्रमण हुन लागेको जग्गालाई स्थानीयले जोगाएर राखेको उल्लेख गर्दै चिकित्सालय निर्माणको कार्यलाई शिघ्रता दिन मन्त्री पौडेललाई आग्रह गरे ।
स्थानीय कुलदीप बरालले चिकित्सालय निर्माणका लागि ३५ रोपनी जग्गा व्यवस्थापन गरिएको उल्लेख गर्दै, कहि कतै अवरोध नभएकाले चाँडो प्रक्रियाअगाडि बढाइदिन आग्रह गरे ।
चिकित्सालयमा शिरोधारा, साउना बाथ, स्टिम बाथ, ज्याकुजी, अंकुपंचर, नेचुरोप्याथिक, योग लगायतका सेवा उपलब्ध हुने गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जानकारी दिए ।
पञ्चकर्म सेवाका लागि भीआईपी डिलक्स, र डिलक्स गरी ५ वटा भिल्ला तयार गरिने समेत डा. गौतमले बताए । डिलक्स पछि क्याविन र साधारण शय्या गरेर एकसय पुर्याइने र आवासीय रुपमा समेत उपचार सेवा उपलब्ध गराउने उनको भनाइ छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया