SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/२ गते
    ३३९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेश सरकारले बनाउने भनेको आयुर्वेद चिकित्सालय अब पोखरा–२६ संघीय सरकार आफैंले बनाउने भएको छ । यसअघि गण्डकी प्रदेशले २५ बेडको अस्पताल बनाउने भन्दै संघीय सरकारबाट जग्गा प्राप्तिसमेत गरिसकेको थियो ।

    संघीय सरकारले सातै प्रादेशिक आयुर्वेदिक चिकित्सालय बनाउने नीति लिएपछि गण्डकी प्रदेश सरकारले आफूले बनाउने भनेको अस्पताललाई नै एक सय बेडको बनाउनका लागि पत्राचार गरेको हो ।

    पोखरा–२६ को चापाकोचौर भन्ने स्थानमा बन्न लागेको प्रादेशिकस्तरको आयुर्वेद चिकित्सालयका कारण स्थानीयमा खुसीसमेत छाएको वडाध्यक्ष नरेन्द्र थापाले बताए । संघीय सरकारले यो वर्ष आयुर्वेद चिकित्सालय निर्माणका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ भने कुल लागत ६० करोड रुपैयाँ अनुमान गरिएको छ ।

    चिकित्सालयका लागि २५ रोपनी जग्गा उपलब्ध भइसकेको, र थप १० रोपनी जग्गाका लागि स्थानीयसँग सुनिश्चितता गरिएको पनि वडाध्यक्ष थापाले जानकारी दिए ।

    चिकित्सालय निर्माण स्थलको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निरीक्षण गरेका छन् । सुविधा सम्पन्न १ सय बेडको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरी टेन्डर प्रक्रियाअगाडि बढाउन लागेको स्वास्थ्यमन्त्री पौडेलले जानकारी दिए ।

    चिकित्सालय निर्माणका लागि आवश्यक सबैखाले तयारी र प्रक्रिया पूरा भएको पौडेलको भनाइ छ । ‘१० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेलगत्तै सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको बोलपत्र आह्वान हुन्छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने ।

    संघीय सरकारले सातै प्रदेशमा एक/एक वटा प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो ।

    शिक्षाविद् रवि बरालले ३ दशकअगाडि सुकुम्बासीका नाउँमा अतिक्रमण हुन लागेको जग्गालाई स्थानीयले जोगाएर राखेको उल्लेख गर्दै चिकित्सालय निर्माणको कार्यलाई शिघ्रता दिन मन्त्री पौडेललाई आग्रह गरे ।

    स्थानीय कुलदीप बरालले चिकित्सालय निर्माणका लागि ३५ रोपनी जग्गा व्यवस्थापन गरिएको उल्लेख गर्दै, कहि कतै अवरोध नभएकाले चाँडो प्रक्रियाअगाडि बढाइदिन आग्रह गरे ।

    चिकित्सालयमा शिरोधारा, साउना बाथ, स्टिम बाथ, ज्याकुजी, अंकुपंचर, नेचुरोप्याथिक, योग लगायतका सेवा उपलब्ध हुने गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जानकारी दिए ।

    पञ्चकर्म सेवाका लागि भीआईपी डिलक्स, र डिलक्स गरी ५ वटा भिल्ला तयार गरिने समेत डा. गौतमले बताए । डिलक्स पछि क्याविन र साधारण शय्या गरेर एकसय पुर्‍याइने र आवासीय रुपमा समेत उपचार सेवा उपलब्ध गराउने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं