SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/१ गते
    १५१ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल, पोखरा । पोखराको बाटुलेचौरमा आयोजना हुने मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरको सम्पुर्ण तयारी पुरा भएको छ । पोखराकै अग्रणी सामाजिक संस्था हिमालय क्लवको आयोजनामा यही फागुन ३ गते आयोजना हुने शिविरको आन्तरिक बाहेकका अन्य तयारी पुरा भएकोे क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो । जयन्ती मेमोरियल ट्रष्ट र मातृशिशु मितेरी प्रादेशिक अस्पतालको सहयोगमा हुने शिविरमा सुगर प्रेसर सहित निशुल्क ईको र ईसिजी सेवा प्रदान गरिने कार्यक्रम संयोजक शिवराज देवकोटाले बताउनु भयो ।

    शिविरमा काडियोलोजिष्ट डा मनोज कोईराला, कन्सल्टेन्ट फिजिसियन डा सुनिल गौतम, डा विवेक लामिछाने र डा विज्ञान लामिछानेको टोलीले सेवा प्रदान गर्ने संयोजक देवकोटाले जानकारी दिनुभयो ।

    बाटुलेचौरस्थित कालिका भवनमा हुने शिविरमा प्रेसर, मुटुको भल्व फेरेका, हृदयघात भएका, जन्मजात सर्जरी गरेका र स्टेन्थ हालेका विरामीलाई लक्षित गरिएको बताईएको छ । शिविरको व्यवस्थापन गर्न देवकोटाको संयोजकत्वमा क्लवका पुर्व अध्यक्ष सुशील वस्नेत र सुन्दर थापा सदस्य रहनु भएको छ ।

    समितिले मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरमा सहभागी भई सेवा लिन आग्रह समेत गरेको छ ।शिविरमा अर्मला प्राथामिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोग, संरक्षण आमा समुह र कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिको सहकार्य रहने क्लवले जनाएको छ । क्लवले यस अघि पनि निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    विन्ध्येश्वरी आदर्शमा चित्रकला प्रतियोगिता

    शिशिर,पोखरा ।विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल मोहोरिया टोल, पोखरामा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न...

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि साधु सन्त तथा चर्चित कलाकार आउँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन...

    जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

    पोखरा।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार...

    कोटिहोममा भोलि जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य आउँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट...

    पर्वत मिलन महिला समूहद्धारा विद्यार्थीलाई सहयोग

    पर्वत ।विभिन्न कार्यक्रमहरू सहित रजत जयन्ती मनाइरहेको पर्वत मिलन महिला समूहले तीन दिने कार्यक्रमहरू अन्तर्गत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं